काठमाडौ असार २२ । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।घरको भर्याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर ३१ वर्षिय ताम्राकार मृत अवस्थामा भेटिएको जनाइएको छ ।
घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको समेत प्रवक्ता रिजालले जनाए ।फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए ।
यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । पिताको लिगेसी पछ्याउदै उनी फिल्म अभिनयमा आइपुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्