ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान


एबीसी न्यूज

काठमाडौं, २१ असार । कालीकोटको तिलागुफा नगरपालिकाले फलफूल खेतीे प्रवर्द्धन गर्न ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्ने भएको छ । नगरपालिकामा स्याउ र ओखरको राम्रो खेती हुने भएकोले ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको हो ।
उक्त नगरपालिका कर्णालीकै राम्रो स्याउ र ओखर पकेट क्षेत्र भएका कारण ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा रहेका कृषिको अवस्था, किसान पहिचान र प्राथमिकता क्षेत्र पहिचान गरी आवश्यक रणनीति तयार गर्न कृषि गुरुयोजना निर्माण गरेर ‘एक घर, एक बगैँचा’ अभियान सञ्चालन गर्न थालिएको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । “नगरपालिकाभित्रको भू–बनोटको अध्ययन प्रतिवेदनबमोजिम गरिएको भू–उपयोग क्षेत्र वर्गीकरणका आधारमा कृषिमा आधुनिकीकरण र आधुनिक तरिकाले उत्पादन वृद्धि गर्ने नीति लिएका छौँ”, उहाँले भन्नुभयो, “खाद्यान्न, फलफूल र तरकारी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न उन्नत जातको बीउ, आवश्यक स्रोत र सीप प्रदान गर्ने व्यवस्था गरिनेछ ।
फलफूल खेती प्रवर्द्धन गर्न ‘एक घर एक बगैँचा’ अभियानलाई सञ्चालन र यसका लागि किसानलाई आवश्यक प्राविधिक आर्थिक सहयोग प्रदान गर्न कार्याविधि बनाउने तयारी गरिएको नगर प्रमुख उपाध्यायले बताउनुभयो । “यहाँ स्याउ र ओखर धेरैै उत्पादन हुने भएकाले कृषकले उत्पादन गरेका वस्तुको संरक्षण र भण्डारण गर्न शीत गृह निर्माण गर्नेछौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्र उत्पादन हुने रैथाने प्राङ्गारिक बाली जस्तै स्याउ, ओखर, सिमी, मार्सी चामल, चिनु, कागुनु, जौ, मकै आदिलाई कृषकबाट नगरपालिकाले खरिद गरी बजारीकरणका लागि सुनिश्चित गर्ने तयारी थालेका छौँ ।”
‘एक घर पाँच फलफूलका बिरुवा’ कार्यक्रम लागू गरिएको नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । ‘एक घर, एक बगैँचा कार्यक्रममा त छँदैछ । त्योसँगै एक घर, पाँच फलफूलका बिरुवा कार्यक्रम लागू गरेका छौँ”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार विकास र वातावरणबीच सन्तुलन कायम राख्न नगरपालिकाको लगानीमा हुने भौतिक पूर्वाधार निर्माणमा अनिवार्यरुपमा विरुवा रोप्नुपर्ने नीति बनाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com