ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले ‘दिल्लीमा प्रधानमन्त्री बनाउन गएको’ भन्ने अभिव्यक्तिको जवाफ नदिए एमालेले सदन अवरुद्ध गर्ने


एबीसी न्यूज

 

 

काठमाडौँ २० असार । प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिबारे संसद्मा जवाफ माग्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने एमालेका सचेतक महेश बर्तौलाले बताए ।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए ।

सचेतक बर्तौलाले प्रचण्डको अभिव्यक्ति संसद्को अपमान भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक छ। यो संसद्‍माथिकै अपमान हो । उहाँको अभिव्यक्ति जनादेशको प्रतिकूल हुनेगरी आएको छ । प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्छ । इमान्दारिता र नैतकिता हुन्छ भने उहाँले राजीनामासम्म दिनुपर्छ ।’

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची रहेको छ । बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक(२०८० माथिको दवाफार छलफल सदनमा गरियोस्’ भनेर प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड र सरकारका तर्फबाट चित्तबुझ्दो जवाफ नआए सदन अवरुद्ध हुनसक्ने पनि एमाले सचेतक बर्तौलाले बताए । उनले भने, ‘यो त गम्भीर कुरा हो । संसद् अवरुद्ध हुन्छ । सरकारले प्रधानमन्त्रीले यसलाई कसरी लिनुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।’

प्रधानमन्त्री दाहाल पटक–पटक अभिव्यक्तिका कारण विवादमा आउने गरेका छन् । पछिल्लो समय फेरि नेपालमा सरकार बन्ने कुरा दिल्लीमा निर्भर हुने सन्देश जाने अभिव्यक्ति दिएपछि उनी विवादमा आएका हुन् । पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’

प्रीतम सिंहको जीवनी ‘रोड्स टु दि भ्याली’ प्रचण्डबाट विमोचनन, भने- मलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटी दिल्ली जानुभयो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com