ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ मा प्रदेशसभा बैठकस्थल र मन्त्रालयको सम्पूर्ण तयारी पूरा


admin
माघ २०, २०७४ शनिबार  २ : ४८ बजे

विराटनगर, २० माघ ।  विराटनगर महानगरपालिकामा स्थापित हुने प्रदेश नं १ को मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय लागयत सम्पूर्ण मन्त्रालयको भवन व्यवस्थापन सम्बन्धी कार्य पूरा भएको छ ।

जिल्ला समन्वय समितिको सभाभवनमा रहेको प्रदेशसभास्थलमा कुर्सीलगायत अन्य सम्पूर्ण व्यवस्थापन कार्य पूरा भएको छ, केही प्राविधिक पक्ष लगायतका कार्य आज सम्पन्न हुने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो ।

यसैगरीे मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय, आवास लगायतका मन्त्रालय रहने कार्यालयमा आइतबार नाम उल्लेख गरिएको बोर्ड लगाइने भएको छ । उक्त बोर्डमा पहिले नेपाल सरकार त्यसपछि मन्त्रालयको नाम, प्रदेश नं १ र विराटनगर राखिने छ ।

विराटनगरस्थित क्षेत्रीय कृषि निर्देशालयको पहिलो र दोस्रो तलामा मुख्य मन्त्रीको कार्यालय र निवास रहने मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

यस्तै प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्रीय सिँचाइ निर्देशनालयमा र आन्तरिक मामिला तथा कानून मन्त्रालय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा रहने व्यवस्था गरिएको छ । उक्त मन्त्रालयमा ४१ वटा कार्यका लागि ४१ जना कर्मचारीको दरबन्दी छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय घरेलु तथा साना उद्योग कार्यालयमा रहने भएको छ । यस मन्त्रालयअन्तर्गत २४ वटा कार्यका लागि १८ जना कर्मचारीको दरबन्दी छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय सुनसरी मोरङ सिँचाइ आयोजनाको कार्यालयमा रहने भएको छ । यस मन्त्रालयअन्तर्गत विभिन्न २२ वटा कामका लागि २४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य कार्यालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ५८ कामका लागि ३० कर्मचारीले कार्य गर्ने प्रजिअ आचार्यले बताउनुभयो ।

उद्योग, पर्यटन तथा तथा वातावरण मन्त्रालय क्षेत्रीय वन निर्देशालयमा रहने छ भने यस मन्त्रालयअन्तर्गत ६२ कामका लागि २९ कर्मचारी खटाइने भएको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय क्षेत्रीय पशु निर्देशलयमा रहने छ भने ३२ कामका लागि २९ कर्मचारी यस मन्त्रालयमा कार्य गर्ने भएका छन् ।

प्रत्यक्ष प्रशारण 

यही माघ २२ गते १ बजे आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकको प्रत्यक्ष प्रशारण गरिने भएको छ । यसका लागि केही प्राविधिक पक्षबाहेक सम्पूर्ण तयारी पूरा भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो । राष्ट्रिय र स्थानीय टेलिभिजनले सभास्थलबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी आज सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

मर्यादापालक पोशाक 

यस्तै बैठकका लागि हाल १५ जना पुरुष तथा सातजना महिला मर्यादापालक राखिने छ । उनीहरुको पोशाकसमेत तय गरिएको छ । पुरुष मर्यादापालकका लागि सेतो दौरा सुरुवाल, कालो कोट र भादगाउँले कालो टोपी निर्धारण गरिएको छ भने महिलाको हकमा रातो पारी भएको सेतो सारी, रातो चोलो र कालो कोट निर्धारण गरिएको छ ।

सभाप्रवेश परिचय पत्र

प्रदेशसभा बैठक हुने माघ २२ गतेका लागि पाँच किसिमका परिचयपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा प्रवेशका लागि सांसद, मर्यादापालक, सञ्चारकर्मी, आगन्तुक, विशिष्ट नागरिक, पूर्व सांसदलाई सभास्थल प्रवेशपास (परिचय पत्र) वितरण गरिने छ ।

१४ जिल्ला प्रतिक झल्काउने चिन्ह राख्ने 

प्रदेशसभा बैठक कक्षमा १ नं प्रदेशमा रहेका १४ जिल्लालाई चिनाउने प्रतिक चिन्ह फोटो फ्रेममा राखिने भएको छ । जिल्लालाई चिनाउने मुख्य चिन्ह विशेष रुपमा सजावट गरी राखिने भएको छ । प्रदेश नं १ मा प्रत्यक्ष र समानुपातिक गरी ९३ प्रदेशसभा सदस्य छन् । सभा बैठकस्थलमा कुल १७० सिटको व्यवस्था गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com