ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदी दूतावासद्वारा शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य


एबीसी न्यूज
असार १२, २०८० मंगलबार   ५ : १९   बजे

 

 

काठमाडौँ १२ असार । नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो ।

अहिले पुनः शैक्षिक प्रमाणपत्र अनिवार्य माग गर्न थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम पुनः लगाएको हो ।

दूतावासको उक्त निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले चर्को विरोध गरेका थिए । त्यसपछि दूतावासले माथिल्ला पदहरूमा प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएपनि लेबर भिसामा जाने कामदारको हकमा प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य नगरिएको जनाएको थियो । त्यसपछि दुई हप्ता सहज रूपमा भिसा प्रदान गरिएको थियो ।

तर, हाल दूतावासले पुनः भिसाका लागि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

दूतावासले आधिकारिक रूपमा केही जानकारी दिएको छैन । तर, भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । जसले गर्दा भिसाका लागि जाने नेपालीहरू मर्कामा परेका छन् ।

दूतावासबाट औपचारिक जानकारी नआएका कारण यो विषय के गर्ने भन्ने अहिलेसम्म निर्णय गर्न नसकिएको महासचिव भुर्तेलले बताए । ‘हामीलाई औपचारिक जानकारी आएको छैन । बाहिरबाट बुझ्दा प्रमाणपत्र अनिवार्य गरेको छ । दूतावासलाई मेल लेखेर जानकारी लिने काम भइरहेको छ । दूतावासबाट प्रतिक्रिया दिएपछि के गर्ने भनेर अगाडि बढ्छौँ,’ उनले भने ।

यसअघि दूतावासले साउदी जानको लागि आवश्यक पर्ने भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने जनाएको थियो । उसले एसईईरएसएलसी सम्मको शैक्षिक प्रमाणपत्र माग गर्ने भनेको थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि अन्तिम दिनमा ब्याक हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group