ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदी दूतावासद्वारा शैक्षिक प्रमाणपत्र फेरि अनिवार्य


एबीसी न्यूज

 

 

काठमाडौँ १२ असार । नेपालस्थित साउदी अरबको दूतावासले भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । गत जुन १२ तारिखदेखि वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको भिसाका शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको थियो । तर, चौतर्फी विरोधपछि दूतावास आफ्नो निर्णयबाट पछि हटेको थियो ।

अहिले पुनः शैक्षिक प्रमाणपत्र अनिवार्य माग गर्न थालेको हो । परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने नियम पुनः लगाएको हो ।

दूतावासको उक्त निर्णयको नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतले चर्को विरोध गरेका थिए । त्यसपछि दूतावासले माथिल्ला पदहरूमा प्रमाणीकरण भएको शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने भएपनि लेबर भिसामा जाने कामदारको हकमा प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य नगरिएको जनाएको थियो । त्यसपछि दुई हप्ता सहज रूपमा भिसा प्रदान गरिएको थियो ।

तर, हाल दूतावासले पुनः भिसाका लागि प्रमाणित गरेको शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

दूतावासले आधिकारिक रूपमा केही जानकारी दिएको छैन । तर, भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । जसले गर्दा भिसाका लागि जाने नेपालीहरू मर्कामा परेका छन् ।

दूतावासबाट औपचारिक जानकारी नआएका कारण यो विषय के गर्ने भन्ने अहिलेसम्म निर्णय गर्न नसकिएको महासचिव भुर्तेलले बताए । ‘हामीलाई औपचारिक जानकारी आएको छैन । बाहिरबाट बुझ्दा प्रमाणपत्र अनिवार्य गरेको छ । दूतावासलाई मेल लेखेर जानकारी लिने काम भइरहेको छ । दूतावासबाट प्रतिक्रिया दिएपछि के गर्ने भनेर अगाडि बढ्छौँ,’ उनले भने ।

यसअघि दूतावासले साउदी जानको लागि आवश्यक पर्ने भिसाका लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गर्ने जनाएको थियो । उसले एसईईरएसएलसी सम्मको शैक्षिक प्रमाणपत्र माग गर्ने भनेको थियो । तर, यो विषयमा चौतर्फी विरोध भएपछि अन्तिम दिनमा ब्याक हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव नम्रता सिंहसहित तीन जना दोषी

के भारतले आफ्नो व्यापारको अवसर कब्जा गर्न सक्छ?

ए.आई.ले गणितीय मस्तिष्कलाई मार्दैछ

बजेट कार्यान्वयन आजैबाट शुरु, शंका गर्नुपर्दैन : अर्थमन्त्री पौडेल

कस्तो आयो बजेट ? (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com