ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं. २ को मुख्यमन्त्री को ?


admin

काठमाडौं, २० माघ । आइतबार हुन लागेको २ नम्बर प्रदेशको प्रदेशसभा बैठकको तयारीका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । अरु प्रदेशमा वाम गठबन्धनको बहुमत भए पनि २ नम्बर प्रदेशमा भने संघीय समाजावादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर सरकार बनाउने अवस्था छ।

२ नम्बर प्रदेशमा बहुमतमा रहेको फोरम र राजपा आइतबारदेखि सुरु हुने प्रदेसभा अधिवेशनको लागि संसदीय दलको नेता र मुख्यमन्त्री छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन् ।

यस प्रदेशको एक सय सात सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ जना सांसद छन् । फोरमको संसदीय दलको नेता छनोटका लागि जनकरपुस्थित विराट चोकमा बिहान ११ भरहेको पार्टी कार्यालयमा बैठक बसिरहेको छ भने राजपाको सिद्धार्थ होटलमा १० बजेदेखि बैठक चलिरहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेका दुई दलबीच मुख्यमन्त्री फोरम र सभामुख राजपाले लिने सहमति भएको छ । दुवै दलको जारी बैठकले छनोट गर्ने संसदीय दलको नेता नै मुख्यमन्त्री र सभामुखको उम्मेदवार हुनेछन् ।

फोरमको जारी बैठकमा संसदीय दलको नेताका लागि तीन जनाको नाम प्रमुखताका साथ उठाएको छ । बैठकमा दलको नेताका लागि विजय यादव, लालबाबु यादव र सैलेन्द्र शाहको नाममा छलफल भइरहेको छ ।

स्रोतका अनुसार विजय यादवलाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीको उम्मेद्वार बनाउने संभावना प्रवल छ । उनी पार्टीको कोषाअध्यक्ष र झलनाथ खनाल प्रधानमन्त्री हुँदाका आपूर्तिमन्त्री समेत भइसकेकाले मुख्यमन्त्रीका प्रबल दाबेदारका रुपमा देखिएका हुन् । यादव पहिलो संविधानसभामा सिराह–२ बाट निर्वाचित भएका थिए ।

उनलाई अध्यक्ष उपेन्द्र यादवको समेत सद्भाव रहेको छ । त्यस्तै उपाध्यक्ष लालबाबु यादव र सैलेन्द्र शाहलाई पनि बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

त्यस्तै राजपाको जारी सांसदहरुको बैठकमा पनि संसदीय दलको नेता वा सभामुखको उम्मेदवारका रुपमा जितेन्द्र सोनल, रामनरेश यादव र मनिष सुमनमध्ये एकजनालाई बनाउने गरी छलफल भइरहेको छ।

दुई नम्बर प्रदेशमा एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपाल पार्टीको एक सिट रहेको छ । यी दलले पनि प्रदेशसभाको अधिवेशनका लागि आन्तरिक तयारी गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com