ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिरीमा दुई दिने ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४’ शुरु


admin

दोलखा, १९ माघ ।  दोलखाको पर्यटकीय नगरी जिरीमा दुई दिने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४ शुरु भएको छ । संरक्षणको कमिका कारण संकटमा परेको लाटोकोसेरो तथा हुचिललाई संरक्षण गर्नु पर्ने भन्दै युवा सञ्जाल जिरी र प्रकृतिका साथी काठमाडौंले उत्सव आयोजना गरेको हो ।

नेपाल प्राकृतिक हिसाबले धनि छ । यहि प्रकृतिले वर्षेनी हजारौँ बाह्य पर्यटकहरु नेपाललाई नेपाल भित्राउने गर्दछ । प्रकृतिक वातावरणमा रमाउन मात्र हैन यहि प्रकृतिक वातावरणमा रहने विभिन्न जीवजनावर तथा पंछीहरुले पर्यटकहरुलाई लोभ्याउने गर्दछ ।

तर पछिल्लो समय नेपालबाट विभिन्न प्रजातीका जनावर तथा पंछीहरु लोप हुने क्रम बढ्दो छ । कारण चोरी शिकारी तथा संरक्षणको कमि हो । पछिल्लो समय नेपालबाट वर्षेनी लोटोकोसेरो तथा हुचिल जातको पंछी लोप हुँदै गएको छ ।

यसको संरक्षणका लागि दोलखाको पर्यटकीय नगरी जिरीमा युवा सञ्जाल जिरी र प्रकृतिका साथीहरु काठमाडौंद्धारा आयोजित दुई दिने लाटोकोसेरोे तथा हुचिल उत्सव २०७४ शुरु भएको छ । यसले लाटोकोसेरो मात्र नभई अन्य जंगली जनवार तथा पंछीको समेत संरक्षणमा टेवा पुग्ने गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले बताए ।

 

लाटोकोसेरोलाई किसानको साथी पनि भन्ने गरीन्छ । कृषकहरुले मेहनत गरी उजाएको अन्नााली खाएर दुख दिने मुसो लाटोकोसेरोको मुख्य खाना हो । जसले राती मात्र आँखा देख्छ र रातीमा मात्र यसले मुसाको शिकार गर्ने हुँदा यसले मुसाबाट किसानलाई छुटकारा दिने ताइन्छ ।

यो पंछी झट्टा हेर्दा टाउको विरालो जस्तो देखिए पनि यसको शरीर पंछीको नै हुन्छ । तर यसको संख्या वर्षेनी घट्नेक्रममा छ । नेपालबाट मात्र वर्षेनी दुई हजारको हाराहारीमा चोरी शिकारी गरी तस्कारी हुने र तस्किरीको नाका दोलखामा तीन वटा रहेको प्रकृतिका साथीहरु काठमाण्डौँका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।

यस अघि विभिन्न जिल्लामा गरी ६ वटा उत्सव मनाई सेकेको प्रकृतिका साथीहरु काठमाण्डौँले ७औँ पटको उत्सव दोलखाको जिरीलाई रोजेको हो । संरक्षणको अभावमा यो पंछीको चोरी शिकारी हुने गरे पनि यसको संरक्षणकोे लागि खास कतै पनि पहल हुन सकेको छैन । यसको संरक्षणका लागि टेवा पुग्नुका साथै पर्यटकहरुलाई जिरी भित्राउने गरी उत्सवको आयोजना गरीएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योती खड्काले बताए ।

वर्षेनी करोडौं मुल्यको लाटोकोसेरो तथा हुचिल नेपालबाट बाहिरी देशमा चोरी तस्कारी हुने गरेको तथ्य प्राकृतिका साथी काठमाडौँले सार्वजानीक गरेको छ । किसानको साथी भए पनि संरक्षणको अभावमा दिनानु दिन हुचिल जातको पंक्षी लोप हुने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com