ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार सुरेन्द्र महर्जन “अमर” को अनौठो माया सार्वजनिक


एबीसी न्यूज

काठमाडौं ।  विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन “अमर” को साहित्यिक कृति अनौठो माया ९उपन्यास० एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ । ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अथिति माननीय श्री अमन लाल मोदी संघीय मामिला तथा प्रशासन मन्त्री र विशेष अथिति एस। एस। पि धनबहादुर कार्कीबाट संयुक्त रूपमा साहित्यकार सुरेन्द्र महर्जन “अमर” द्वारा लिखित उपन्यास सार्वजनिक गर्नुभएको भयो ।

कार्यक्रम बोल्नु हुँदै प्रमुख अथिति माननीय अमन लाल मोदी र विशेष अथिति एस। एस। पि धनबहादुर कार्कीले अवार्डको प्रमाणपत्र पाउने सबैलाई हार्दिक बधाई र साहित्यकार सुरेन्द्र महर्जन अमरलाई शुभकामना र सफलताको कामना व्यक्त गर्नु भयो ।

अनौठो माया (उपन्यास) का लेखक “अमर” ले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर अहिलेको जवानामा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताउनु भयो । नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको बताउनु भयो । कथालाई पूर्णता दिन पात्रहरू आवश्यक पर्ने हुनाले कसैलाई पात्रको रूपमा समावेश गरेको उहाँले बताउनुभयो । उपन्यासकार अमरले हालै सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौ कृति विमोचन गरेर विश्व कृतिमानी वल्ड बुक अफ रेकर्ड राखेर विश्व कृतिमानी प्रमाणपत्र हाँसिल गरिसक्नु भएको छ ।लेखनका साथसाथै उहाँ चित्रकारिता, गायन पनि उतिकै ससक्त हुनु हुन्छ । उहाँको यस अघि कविता, गीत, हाइकु, एल्बम, गीतिकविता, उपन्यास, नेपाली कथानक गीतिचलचित्र गरेर एकतीसभन्दा बढी कृति प्रकाशन भैसकेको छ भने यो उपन्यास उहाँको ३२ औं कृति हो ।

उपन्यास सार्वजनिक कार्यक्रममा उपन्यासकार संघका अध्यक्ष शंकर भारतीले ‘अनौठो माया’ उपन्यास पढ्दा घटनाहरू कौतुहलपूर्ण छन् । पढेपछि छोड्नै मन हुदैन अन्त कसरी हुन्छ अब के होला भन्ने जिज्ञासा हुँदा हुँदै उपन्यासको अन्त हुन्छ । जसलाई मैले लेखकको सुन्दर कल्पना शक्ति र सो कल्पनालाई मूर्त रूप दिन सक्ने अनुभवी लेखन सिल्पिकै उपज मानेको छु । वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ूअमरू लाई सुन्दर सृजनाको लागि शंकर भारतीले शुभकामना एवं हार्दिक बधाई दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com