ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)


ABC NEWS
जेष्ठ १९, २०८० शुक्रबार  २ : १२ बजे

काठमाडौं, १९ जेठ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पाँच बुँदे रारा घोषणापत्र अनुसार प्रतिष्ठानको गतिविधि अघि बढ्ने बताउनुभयो ।

उहाँले एबीसी विशेष कार्यक्रममा बोल्नुहुँदै आफू जागिरे हुनलाई मात्र कुलपति नभएको र प्राज्ञले पूर्व मेचदिेखि पश्चिम महाकालीसम्मको समाज बुझ्नुपर्ने बताउनुभयो ।

कुलपति राईले भन्नुभयो, “हामीले स्थलगत अध्ययन गरेर पूर्व मेचीदेखि पश्चिम महाकालीसाँ हिड्नुपर्छ । भ्रमण धेरै गर्नुपर्छ भन्नाले पर्यटन सेयर गर्ने मात्र होइन, प्राज्ञ भन्ने मानिसले समाज बुझ्नुपर्छ । रुट नबुझ्ने मान्छे प्राज्ञ हुनै सक्दैन । सुर्खेतदेखि कालीकोट, दैलेखको दुल्लु, जुम्ला, सिन्जा प्रत्येक समाज बुझ्दै हिडेका छौं । प्राज्ञ परिषद्को पहिलो चोटी बैठक राखेको छु । राराबाट पाँच बुँदे घोषणा पत्रलाई टेकेर प्रतिष्ठानलाई हाँक्दैछौं ।”

उहाँले प्राज्ञको काम तलत्र, भत्ता बुझ्ने मात्रै नभएको भन्नुहुँदै भन्नुभयो, “अब समाज उत्खनन् गर्दै देशैभरी डुल्छौं । यो हाम्रो जिम्मेवारी हो । हामी सांस्कृतिक दूत हौं, सेतु हौं । सोलुको शेर्पाले कैलालीको थारु सबैले नेपाल प्रज्ञा प्रतिष्ठान छ भनेर थाहा पाउनुपर्छ । यो मेरो प्रतिष्ठान हो भनेर कर्णालीको जनताले भनोस् ।”

असार ९ गते आयोजना हुन गइरहेको राष्ट्रिय कविता महोत्सवको सन्दर्भमा प्रतिष्ठान कुनै अमुख कविहरुलाई ल्याएर भाले जुधाई गर्ने थलो नभएको धारणा राख्नुभयो । “कवि ल्याएर लडाउने, भाले जुधाई गर्ने ठाउँ यो होइन । हिजो एकल भाषीको राष्ट्रिय महोत्सव थियो । अहिले असार ९ गते नेपालभरी बोलिने भाषामा जुन कविता लेखिन्छ, सबैलाई आव्हान गरेका छौं । राष्ट्रिय महोत्सव सबै भाषभाषीको कवि आएपछि हुन्छ”, उहाँले भन्नुभयो ।

प्रतियोगिता स्थानीय तहमा हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्थानीय लेबलमा गर्ने हो । एक, लाख, पाँच लखा वा दशौं लाखको पुरस्कार दिऊँ न । तर, प्रतिष्ठान कविलाई कविता लेख्न माहोल निर्माण गर्ने संस्था हो । यसरी बुझ्न म आव्हन गर्छु ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

एम्बुलेन्समा करिब ७१ लाखको चिनियाँ चुरोट तस्करी, ४ जना पक्राउ

अफलाइन बसेर ‘चार गुणा भाडा’ असुल्ने खेल : राइड–शेयरिङ चालकप्रति चर्को असन्तुष्टि

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com