ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकी प्रदेशको विद्युतीय सवारी मापदण्डमा चलखेल : ग्राउन्ड क्लियरेन्स र स्पेसिफिकेसनमा एक कम्पनीलाई मात्र पोसिँदै


एबीसी न्यूज

काठमाडौँ। गण्डकी प्रदेश सरकारले सार्वजनिक विद्युतीय सवारीका लागि नयाँ मापदण्ड निर्माणको अन्तिम तयारीमा रहेको छ। ‘गण्डकी प्रदेशको सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन सम्बन्धी मापदण्ड २०८०’ को अन्तिम मस्यौदा तयार पारेको हो।

गण्डकीले ल्याउन लागेको मापदण्डमा विद्युतीय सवारीमा न्यूनतम ब्याट्री क्षमता नै ३० किलोवाट आवर राखिएको छ। ब्याट्रीको क्षमता न्यूनतम नै ३० किलोवाट आवर राख्दा त्यस्ता विद्युतीय कार महँगा हुन्छन्। सार्वजनिक विद्युतीय यातायातलाई महँगो बनाउने भन्दा आवश्यकता आधारमा ब्याट्रीको न्यूनतम क्षमता तोकिनु उपयुक्त हुनेछ।

गण्डकी प्रदेशले जारी गर्न लागेको विद्युतीय सवारी मापदण्डमा ट्याक्सी, भ्यान र बसलाई समेटेर स्पेसिफिकसनको मस्यौदा तयार भएको छ। यसरी महँगो मूल्य पर्ने विद्युतीय कारलाई ट्याक्सीको न्यूनतम मापदण्ड तोकिनु नै गलत भएको राय प्रदेश मन्त्रालयका अधिकारीहरूले राखी रहेका छन्।

सो मस्यौदा तयार भएको थाहा पाए लगत्तै एउटा व्यावसायिक घराना आफूले आयात गरेको विद्युतीय सवारी मिल्ने गरी स्पेसिफिकेसन बनाउन लागि परेको छ। अन्य प्रदेश सरकारले आफ्नो प्रदेशमा चल्ने ट्याक्सी तथा अन्य माइक्रो र बसलाई विद्युतीयले विस्थापित गर्ने गरी मापदण्ड ल्याएसँगै गण्डकी प्रदेश सरकार पनि विद्युतीय सवारी मापदण्ड ल्याउन लागि परेको हो। गण्डकी प्रदेश सरकारले विद्युतीय ट्याक्सी तथा सवारी सम्बन्धी मापदण्डको मस्यौदा तयार परेको छ। उक्त मस्यौदा तयारी गरेर अब चाँडो भन्दा चाँडो गर्नका लागि व्यावसायिक घरानाहरू लागि परेका छन्। चीनबाट आयात भएका कम ग्राउन्ड क्लियरेन्स भएका र उपभोक्ताले झट्ट विश्वास नगरी हाल्ने विद्युतीय कार आयात गरिरहेकाहरू गण्डकी प्रदेश सरकारका उच्च अधिकारीहरूलाई प्रलोभनमा पार्न लागि परेका छन्।

विद्युतीय ट्याक्सी मात्र होइन विद्युतीय भ्यान तथा बसमा समेत आवश्यकता भन्दा बढी क्षमताको ब्याट्री राखेर अतिरिक्त महँगो बनाउन खोजिएको छ। आफूले आयात गर्ने कम्पनीको ब्याट्री क्षमता धेरै भएको र त्यसरी मापदण्डमा धेरै क्षमताको राख्दा अन्य कम्पनीको आउन नसक्ने गरी अनुकूलको स्पेसिफिकेसन मापदण्डमा राख्न एउटा घराना पोखरा नै पुगेको हो।

गण्डकी प्रदेशले बनाउँदै गरेको ‘गण्डकी प्रदेशको सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन सम्बन्धी मापदण्ड २०८०’ को मस्यौदामा भाषिक तथा धेरै विषय यसअघि आएकै मापदण्डबाट साभार गरिएको छ। तर महत्त्वपूर्ण विशेषतामा ब्याट्रीको न्यूनतम क्षमता बढाइएको र ग्राउन्ड क्लियरेन्सलाई भने घटाइएको छ। यसले विद्युतीय ट्याक्सी महँगो गर्नेछ। जसका कारण यातायात व्यवसायीलाई अतिरिक्त भार पर्नेछ।

यसरी एउटा व्यवसायीलाई पोस्ने गरी मापदण्ड बनाउँदा त्यसको सबैभन्दा ठूलो मूल्य उपभोक्ताले चुकाउनु पर्नेछ। गण्डकी प्रदेश सरकारले विद्युतीय ट्याक्सीका साथै विद्युतीय भ्यान र विद्युतीय बसलाई समेत हुने गरी मापदण्ड ल्याउन लागेको हो। यी तीन वटै वर्गका लागि एउटै कम्पनीले आयात गरिरहेका कमसल चिनियाँ विद्युतीय सवारीलाई मिल्ने गरी मापदण्ड बनाउन स्वार्थ समूह केही दिनदेखि पोखरामा गएर धर्ना कसिरहेको छ।

विगतमा यातायात व्यवस्था विभागले बनाएको र अन्य प्रदेशको मापदण्ड हेरेर गण्डकीले ड्राफ्ट गरेको तर त्यसमा मुख्य विशेषता भने परिमार्जन गर्न केही कम्पनीका प्रतिनिधि पोखरा नै आएको गण्डकी प्रदेश यातायात मन्त्रालयका एक अधिकारीले बताए। ‘विगतमा यातायात व्यवस्था विभागले बनाएको र अन्य प्रदेशले ल्याएको मापदण्ड धेरै हदसम्म वैज्ञानिक छ। त्यसैलाई आधार बनाएर हामीले मस्यौदा बनायौँ,’ ती अधिकारीले भने, ‘तर काठमाडौँबाट एउटा व्यापारिक समूह पोखरा नै आएर बसेको छ। उसको ध्याउन्न मोटै रकम खर्चेर भए पनि आफूले आयात गर्ने सवारीको ग्राउन्ड क्लियरेन्सदेखि अन्य विशेषता मापदण्डमा राख्न खोज्दै छ।’

गण्डकीमा चलखेल गरेर जम्मा १ सय ६० वा त्यो भन्दा माथि राख्न खोजिएको छ। बागमतीको मापदण्डमा भने ग्राउन्ड क्लियरेन्स न्यूनतम १ सय ७० एमएम रहेको छ। यसरी गण्डकीले विद्युतीय ट्याक्सीको न्यूनतम ग्राउन्ड क्लियरेन्स घटाउनु भनेको चीनबाट विद्युतीय कार आयात गर्ने एक कम्पनीका लागि नै भएको ती अधिकारीले ठोकुवा गरे। ‘त्यही कम्पनीका उच्च अधिकारीसहित ४-५ जना यही साताको बुधवार देखी नै पोखरा र प्रदेश सरकारकै वरिपरि घुमिरहेका छन्,’ ती अधिकारीले भने, ‘आफू अनुकूलको मापदण्ड बनाउन मुख्यमन्त्रीसम्म पुग्ने बलिया बिचौलियाको खोजीमा छन्।’

अन्य धेरै स्पेसिफिकेसन एक कम्पनीको विद्युतीय कारलाई मिल्ने गरी बनाई को छ। गण्डकी प्रदेशको मापदण्डमा ह्याचब्याक, सेडान वा जस्तो सुकै कार ट्याक्सीका रूपमा दर्ता गर्न पाइने व्यवस्था गरिएको छ। ट्याक्सी विलासी हुनुपर्ने केन्द्र सरकारकै नीतिअनुसार बागमती प्रदेश सरकारले सेडान कार हुनुपर्ने व्यवस्था गरेको छ। तर गण्डकी प्रदेश सरकारले भने त्यही कम्पनीको लबिङमा सेडान कार मापदण्डमा नलेखेको हो।

त्यसको कारण हो लबिङकर्ता कम्पनीले आयात गर्न कम्पनीसँग हाललाई ट्याक्सीमा दिन सेडान कार छैन। यसबारे प्रदेश सरकारले गम्भीर रूपमा सोच्नु पर्ने व्यवसायीहरूले बताएका छन्।

यस्तो छ गण्डकी प्रदेशले मस्यौदा गरेको मापदण्ड गण्डकी सरकारले तयार गरेको विद्युतीय ट्याक्सी मापदण्डमा सिट क्षमता ५ देखि ७ तोकिएको छ। बुट स्पेस ३ सय लिटर, मोटर पावर ५० केडब्लू वा माथि, ब्याट्री क्षमता ३० केडब्लूएच वा माथि हुनुपर्ने उल्लेख छ। त्यस्तै विद्युतीय ट्याक्सीले ३ सय किमीभन्दा बढी रेन्ज दिनुपर्ने, ग्राउन्ड क्लियरेन्स १६० एमएम वा त्यो भन्दा माथि हुनुपर्ने व्यवस्था गर्न लागेको छ।

बागमती प्रदेश सरकारले नर्मल विद्युतीय ट्याक्सी र डिलक्स विद्युतीय ट्याक्सीका लागि विशेषताहरू फरक हुनुपर्ने व्यवस्था गरेको छ। तर गण्डकीको मस्यौदामा नर्मल र डिलक्स विद्युतीय ट्याक्सीका लागि समान विशेषता भए हुने भनिएको छ। यो भनेको त्यही एक कम्पनीको मात्रै ट्याक्सी आओस भन्ने ध्येय रहेको देखिन्छ। यसले एक कम्पनीलाई मात्र पोस्ने गरी प्रदेश सरकार नै लागि गरेको भन्न कठिन हुँदैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन : प्रचण्ड

कृषि अनुदान वितरणमा भ्रष्टाचार ठहर, सचिव नम्रता सिंहसहित तीन जना दोषी

के भारतले आफ्नो व्यापारको अवसर कब्जा गर्न सक्छ?

ए.आई.ले गणितीय मस्तिष्कलाई मार्दैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com