ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनुसन्धान प्रतिवेदनमा बादल दम्पतीदेखि ओलीका स्वकीयसम्मको नाम उल्लेख : शरणार्थी प्रकरण :


ABC NEWS

काठमाडौँ ८ जेठ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित ५ जनाविरुद्ध पनि पूरक अभियोजन लैजान बाटो खुला गर्दै प्रहरीले प्रतिवेदन बुझाएको छ। एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम प्रतिवेदनमा उल्लेख गरिएको छ।

उनीहरुविरुद्ध थप प्रमाण जुट्नासाथ पूरक अभियोग लैजान बाटो खुल्ला गरिएको हो। शरणार्थी प्रकरणको सुरुवात बादल गृहमन्त्री र प्रेमकुमार राई गृहसचिव हुँदा भएको थियो।

बादल र राईले नै शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भन्दै कार्यदल गठन गरेका थिए। बादल गृहमन्त्री हुँदै शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले नेपालीबाट लाखौँका दरले रकम उठाउन थालेका थिए।

गृहसचिव प्रेमकुमार राई चाँडै गृहबाट अवकाश भए पनि उनलाई समेत रकम दिएको पक्राउ परेकाहरुले बयान दिएका थिए। गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन्। उनलाई भने प्रहरीले प्रतिवादी बनाउन राय दिएको छ। उनको संलग्नता रहेको प्रमाणसहित बुझाइएको प्रहरीको दाबी छ।

प्रहरी उच्च स्रोतका अनुसार नैनकलाले समेत रकम बुझेको बिचौलियाले बयानमा बताएका छन्। त्यसको पुष्टि प्रतीकको म्यासेजबाट समेत भएको छ। आमाले रकम बुझिसकेको भनेर प्रतीकले बिचौलियालाई म्यासेज गरेको प्रहरीलाई बताएका छन्।
बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका छन्। उनले सबैभन्दा बढी रकम लिएको प्रमाण फेला परेको छ। उनलाई प्रहरीले वैशाख २० गते पक्राउ गरेको थियो। इन्द्रजितका छोरा निरज पनि यो प्रकरणमा संलग्न देखिएको प्रहरीको दाबी छ। प्रहरीले उनलाई पनि फरारको सूचीमा राखेर मुद्दा बुझाएको छ।

अनुसन्धानका क्रममा यो ठगी प्रकरण बादलकै पालामा भएको खुले पनि बादलको प्रत्यक्ष संलग्नताको प्रमाण जुटाउन नसक्दा प्रहरीले उनलाई प्रतिवादी बनाउन सकेन।

यस्तै नेकपा एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्यको पनि नाम उल्लेख गरिएको छ। उनीहरुलाई पनि रकम बुझाएको प्रतिवादीको बयान छ। उनीहरुको नाम बयानमा उल्लेख भएसँगै अनुसन्धान प्रतिवेदनमा प्रमाण जुटेको अवस्थामा पूरक अभियोग दर्ता हुन सक्ने उल्लेख गरिएको छ।

तर यसअघि चर्चा भएका शेरबहादुर देउवा पत्नी आरजु राणा र बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको भने प्रतिवेदनमा नाम उल्लेख गरिएको छैन। उनीहरुको नाम बयानका क्रममा प्रतिवादीले नलिएकाले उल्लेख नगरिएको अनुसन्धान अधिकारीले बताएका छन्।

उनीहरुविरुद्ध कुनै पनि प्रमाण फेला नपरेको प्रहरीको दाबी छ। तर पछि अन्य जाहेरी परेर अनुसन्धान हुँदा प्रमाण जुटेमा कसैले पनि उन्मुक्ति नपाउने प्रहरीले जनाएको छ।

प्रहरीले ५७ दिन लामो अनुसन्धानपछि नक्कली शरणार्थी प्रकरणमा रायसहित सोमबार प्रतिवेदन बुझाएको हो। सोमबार जिल्ला सरकारी वकिल कार्याललय काठमाडौंमा बुझाएको प्रतिवेदनमा ३० जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। तीमध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन्।

यस्तै अरु तीन जनाको भने नाम उल्लेख गरिए पनि ठेगाना नखुलेकाले पछि थप अनुसन्धान हुने भएको छ।

बेचन झा, रमा थापा र गोकुल थापालाई अहिले नै प्रतिवादी बनाइएको छैन। उनीहरुविरुद्ध थप अनुसन्धान गरिने भएको छ। उनीहरुलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धानपछि पूरक अभियोग लैजान सक्नेछ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रतिवेदन बुझाएसँगै सरकारी वकिल कार्यालयले जेठ १० गते वा ११ गते जिल्ला अदालतमा मुद्दा दायर गर्ने भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले अनुसन्धान प्रतिवेदन आइसकेकाले अध्ययन गरिरहेको र अभियोजनको तयारी थालेको बताए।

यो मुद्दामा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले हिरासतमा राखेको छ।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन्। अरु १७ जना भने फरार छन्।

उनीहरुविरुद्ध प्रहरीले राज्यविरुद्धको कसुरसहित ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पद धारण गरेकाको हकमा भ्रष्टाचारको कसुरमा समेत मुद्दा चलाउन राय दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com