ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्याण्डमा सैन्य शासनलाई जनताले धुलो चटाए, दुई दलको संसदमा बर्चस्व


ABC NEWS
जेष्ठ १, २०८० सोमबार  ९ : २१ बजे

काठमाडौं स१ जेठ । थाइल्याण्डका मतदाताले सैन्य शासनविरूद्ध आफ्नो मत जाहेर गरेका छन् । संसदीय चुनावमा मुलुकका संस्थाहरुको सुधार गर्ने प्रतिवद्धता जनाएको प्रतिपक्षी दलले धेरै सिट जितेको छ ।

५०० सिटका लागि भएको निर्वाचनमा मुभ फवार्ड दलले १५१ सिट जितेको छ । पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्राको दल फियू थाइले १४१ स्थानमा जित निकाल्दा वर्तमान प्रधानमन्त्री प्रयुथ चान नेतृत्वको गठबन्धनले जम्मा १५ प्रतिशत सिट जितेको छ ।
विश्लेषकहरूले यस नतिजालाई राजनीतिक भूकम्प भनेका छन् ।

यो नतिजाले सैन्य सरकारलाई अस्वीकार गरेको विश्लेषकहरूको मत छ । बहुमततर्फ अघि बढ्दै गर्दा मुभ फर्वाडका नेता पिटा लिमजोर्रेन्टले भनेका छन्, ‘हामीले निर्वाचनका लागि कडा परिश्रम गरेका थियौं । विगतका दशकमा जनताले धेरै सास्ती भोगे । थाइल्याण्डमा अब नयाँ बिहानीको सुरूवात भएको छ ।’

नतिजापछि फियू थाइले अब मुभ फवार्डसँगै गठबन्धन गरेर अघि बढ्ने बताएको छ । नयाँ संसदमा २ दलको मत करिब ६० प्रतिशत हुनेछ ।

नयाँ सरकार बन्ला ?

युवाहरूले तल्लो सदनको नतिजामा पकड जमाएपनि उनीहरूलाई माथिल्लो सदनको भने चुनौती हुनेछ । प्रधानमन्त्री प्रयुथले माथिल्लो सदनमा आफूनिकटको बहुमत सुनिश्चित गरेका छन् ।

उनीहरूले युवा गठबन्धनलाई अस्वीकार गर्ने सम्भावना हुन्छ । विशेष गरी सत्तारूढ दलको मानहानीको विवादास्पद कानुन संशोधन गर्ने प्रतिवद्धतामा उनीहरूलाई धक्का लाग्न सक्छ । २५० सदस्यीय माथिल्लो सदनमा सैन्य समर्थित सांसदकै बाहुल्य छ ।

सैन्य शासकले सत्ता हस्तान्तरण नगर्ने सम्भावना पनि उत्तिकै रहेको कतिपयको मत छ । सैन्य कूको सम्भावना नरहेपनि अदालतमार्फत मुभ फर्वाडको वैधताको सवालमा प्रश्न उठाउने सम्भावना भने रहन्छ । सन् २०२० मा फ्युचर फरवार्डको वैधता पनि खारेज गरिएको थियो ।

अनिश्चयकाबीच एउटा कुरा स्थापित भएको छ । थाइल्याण्डमा अब जनता जागेका छन् र उनीहरू राजनीतिक कोर्स सच्याउने अभियानमा छन् । ‘यो मतले बहुमत जनता सैनिक शासनको विरूद्धमा रहेको प्रस्ट सन्देश दिएको छ । राजनीति शास्त्रका प्राध्यापक प्रजाक कोङकिरती भन्छन्, ‘अपेक्षा गरिएभन्दा बढी जनता परिवर्तनको पक्षमा उभिएका छन् ।’

थाइल्याण्डमा सामाजिक सञ्जाल मुभ फर्वाडको विजयले रंगिएको छ । पार्टीको जीतले नयाँ बिहानीको संकेत गरेको समर्थकहरूको मत छ । मुलुकमा परिवर्तनको आँधी आएको उनीहरूको मत छ ।

पिटाले ट्वीट गरेका छन्,‘हामी सबैले थाइल्याण्डमा परिवर्तनको सपना देखेका मात्रै थिएनौँ । त्यसलाई साकार पनि पार्न सकिन्छ भन्ने आत्मविश्वास सहित कर्म गर्‍यौँ । त्यसको फल प्राप्त भएको छ । थाइल्याण्ड अब विगतको भन्दा पृथक र समृद्ध बनाउन यो एकता कायमै राख्नुपर्ने छ । ’

प्रजातन्त्रको हरण सामान्य नभएको उनको भनाइ छ । कुनै समय मुभ फरवार्ड पार्टीले मुलुकको कर्मचारीतन्त्र र अर्थतन्त्र तथा सैन्य मामिलासँगै राजतन्त्र सम्बन्धी कानुन सुधारमा काम गर्छ भन्दा कसैले पनि नपत्याएको पिटाको अनुभव छ । अब जनअपेक्षा र पार्टीको प्रतिवद्धता अनुसार काम गर्ने उनको भनाइ छ ।

राजतन्त्र सम्बन्धी कानुन संशोधनको मागसहित सन् २०२० मा थाइल्याण्डमा आन्दोलन चर्किएको थियो । त्यसको अग्रपंक्तिमा यही दलका नेताहरू उभिएको थिए । २०२० को आन्दोलनमा होमिएका युवाहरूलाई आकर्षित गरेर नै मुभ फरवार्ड सत्ता नजिक पुगेको छ ।

नयाँ राजनीतिक छालले थाइल्याण्डनै हल्लाएको छ । मुभ फरवार्ड पार्टी स्रोत साधनले प्रतिस्पर्धी भन्दा कमजोर नै थियो । एजेण्डामा अन्य भन्दा सशक्त भएकाले चुनावमा बाजी मार्‍यो । दशकदेखि मुलुकमा राज गरेको सैनिक शासनलाई नतिजाले सबैभन्दा ठूलो धक्का लागेको छ ।

नतिजाले जनतामा परिवर्तनको भोकको संकेत पनि गरेको छ । ५ करोड २० लाख मतदाता रहेको थाइल्याण्डमा १४ प्रतिशत मात्रै युवा मतदाता थिए । मुभ फर्वाडले युवा मतदातालाई पनि आकर्षित गर्‍यो ।

जनता परिवर्तनको भोको रहेपनि २ सुधारवादी दलको सरकार बन्छ वा बन्दैन भन्ने आशंका उब्जिएको छ । तर आशावादी पिटाले भनेका छन्,‘बहुमतलाई अपदस्थ गरेर जनमतको अवमूल्यन गरेर अघि बढ्न अब थाइल्याण्डमा असंभव छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com