काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले ३ दिनको समय मागेको छ ।
सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीले तीन दिनको अनुमति मागेको हो । रायमाझी आइतबार बेलुका बुढानिलकण्ठबाट पक्राउ परेका थिए । यस प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्