ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी– आउँछु भनेर किन भाग्नुभयो ? छोरा पक्राउ परेपछि मन बिग्रियो – रायमाझी


एबीसी न्यूज

काठमाडौं, १ जेठ ।  पक्राउ गरिएपछि रायमाझीलाई साँझ जिल्ला प्रहरी परिसर टेकुमा लगिएको थियो । जहाँ परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई सोधे, ‘आउँछु भनेर किन भाग्नुभएको ?’ जवाफमा रायमाझीको जवाफ थियो, ‘आउँछु नै भन्ने थियो, छोरा पक्राउ परेपछि मन बिग्रियो, अनि भागेँ ।’ परिसरका एक अधिकृतका अनुसार रायमाझी हतास देखिएका छैनन् । पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि गत २० वैशाखमा आफैँ प्रहरीमा उपस्थित हुने बताएका रायमाझी भोलिपल्टदेखि फरार भएका थिए । उनलाई खोज्न प्रहरीले हैरानी व्यहोरेको थियो । २० वैशाखको बेलुका उनका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका थिए ।

एमाले नेता टोपबहादुर रायमाझीलाई पनि प्रहरीले हिरासतमा नराखी प्रहरी बस्ने कोठामै राखेको छ । उनलाई प्रहरी वृत्त, सोह्रखुट्टेमा प्रहरी अधिकृत बस्ने कोठामा बस्ने व्यवस्था मिलाइएको छ ।  सोह्रखुट्टेमा प्रहरी वृत्तको भवन नयाँ र सुविधासम्पन्न भएकाले रायमाझीलाई त्यहाँ राखिएको हो । बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पनि हिरासतमा नराखी टेकुस्थित प्रहरी परिसरमा डिएसपीको कोठामा राखिएको छ । यो प्रकरणमा पक्राउ परेका अन्य ११ जना भने काठमाडौंका विभिन्न हिरासतमा छन् । एकै हिरासतमा राख्दा अनुसन्धान प्रभावित हुन सक्ने भएकाले फरक–फरक हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

सम्बन्धित

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

सहकारी ठगीमा रवि लामिछानेलाई मात्र सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोगबाट उन्मुक्ति, ग्रे लिस्टको जोखिम

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com