ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिविज्ञ राईलाई सात दिन हिरासतमा राख्न आदेश


एबीसी / संवाददाता

खोटाङ, १ जेठ । बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ‘शुभद्रा–मदन फाउन्डेसन’ (शुभम्) का संरक्षक एवं कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले आदेश दिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गत शुक्रबार फाउण्डेसनबाटै प्रक्राउ परेका संरक्षक राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको हो ।

पक्राउपछि प्रहरी हिरासतमा रहेका संरक्षक राईमाथि एक जना पीडितले बालयौन दुव्र्यवहारसम्बन्धी कसुरअन्तर्गत दिएको उजुरीसमेत दर्ता गरेर कारबाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । “शुभम् फाउण्डेशनका संरक्षक मदन राईविरुद्ध एक जना पीडितले लिखित तथा तीन जनाले मौखिक उजुरी दिएका छन् । उहाँहरुले दिएको उजुरीको आधारमा कारबाहीको प्रक्रिया थालिएको छ”, उनले भने, “अहिले अनुसन्धानको क्रममा भएकाले केही भन्न सकिने अवस्था छैन । अनुसन्धानपछि थप पुष्टि हुँदै जानेछ । बाँकी तीन जनाले पनि लिखित उजुरी दिने बताएका छन् ।”

कुटोकोदालोदेखि कम्प्युटरसम्म पढाइ हुने भनिएको विद्यालयको संरक्षक राईले आफूहरुको संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लिल हर्कत गर्नेलगायत आरोपसहित पीडित पक्षले मौखिक उजुरी दिएको प्रहरीले बताएको छ । संरक्षक राईलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरेपछि मौखिक उजुरी दिनेलाई किटानी जाहेरी दिन कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिइन् ।

शुभम् फाउण्डेशनका संस्थापकसमेत रहेका ७५ वर्षीय राईले विगत केही वर्षदेखि सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरेर स्टाटस लेख्दै आएका थिए । यौन शिक्षाको नाममा सामाजिक सञ्जालमा अश्लिल शब्द प्रयोग गरेको विषयमा संरक्षक राईको चौतर्फी आलोचना हुँदै आएको थियो ।

फाउण्डेसनमा अध्ययनरत बालिका तथा किशोरीमाथि संरक्षक राईबाटै यौन दुर्व्यवहार भएको खबर शुक्रबारदेखि विभिन्न सञ्चारमाध्यममा आइरहेका छन् । सञ्चारमाध्यममा समाचार आएपछि बालिका तथा किशोरीहरुले लगाएको आरोप ४० प्रतिशत सत्य रहेको संरक्षक राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।

बालिका तथा किशोरीमाथि यौन शोषण भएको खबर विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । सिजपले पीडित बालिका तथा किशोरीमाथि यौन दुर्व्यवहार गर्ने संरक्षक राईलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकार्षण गराएको छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा (६) मा कुनै पनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले मानसिक, शारीरिक तथा यौन शोषण गर्न निषेध गरेको छ । बालबालिकामाथि कुनै पनि शोषण भएको ठहरेमा बालबालिकासम्बन्धी ऐन २०७५ बमोजिम तीन वर्षसम्म कैद र ७५ हजारसम्म जरिवाना तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com