ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी शरणार्थी प्रकरण निष्पक्ष छानबिन हुनेमा शंका छ : भट्टराई


ABC NEWS

काठमाडौँ ३० बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार नभएका कारण निष्पक्ष छानबिन हुने कुरामा शंका रहेको बताएका छन् ।


काठमाडौंको नक्सालमा शनिबार भएको भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुँदै भट्टराईले स्थिर सरकार नहुनाले निष्पक्षरुपमा भुटानी शरणार्थी प्रकरणबारे छानबिन हुने कुरामा शंका रहेको बताए । उनले जनताले यसैगरी खबरदारी गरिरहे भ्रष्टाचारीहरु बच्न नसक्ने बताए ।

‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठीक भयो । सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ । हामीले खबरदारी गरिरहे भ्रष्टहरु छुट्दैनन् । हामीले यो गर्नसके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ । अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउन कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन । आशंका छ । राज्यको शासकीय स्वरुप र निर्वाचन प्रणालीमा त्रुटि छ,’ उनले भने ।

भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन् । भुटानी शरणार्थी प्रकरणमा एमाले नेता, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमा पूर्वगृहमन्त्री खाँण अनुसन्धनार्थ थुनामा छन् भने पूर्वउपप्रधानमन्त्री रायमाझी फरार छन् ।

यसैवीच शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्र्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भई भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताए । उनले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको धारणा राखे ।

बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए । उनले क्षणिक स्वार्थमा अहिलेका नेताहरुले काम गरिरहेको र देश अफ्ठ्यारोमा पर्दा विदेश भागेर जाने आरोप लगाए ।

प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताइन् । उनले सरकारले जनतालाई आँखामा छारो हालिरहेको बताए ।

प्रदर्शनकारीहरुले जनता मूर्ख छन् भनेर अहिले पनि नेताहरुले ठगिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार नाघ्यो

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

सम्बन्धित

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार नाघ्यो

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

पशुपतिको जलहरी प्रकरणको भ्रष्टाचार सम्वन्धी अभिव्यक्ति रेकर्डबाट हटाएकोमा शेखर कोइरालाको आपत्ति

रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद् बैठकको राष्ट्रपतिसमक्ष सिफारिस

प्रधानमन्त्रीको भारत भ्रमण टोली सानो एजेण्डामा ऊर्जादेखि देखि मल मल कारखाना

साइकलवाला पत्रकार बनेपछि फुर्ति नै अर्को भयो – वरिष्ठ पत्रकार भैरव रिसाल (भिडियो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...