ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी पुग्यो बिचौलियाको हातमा प्रतिवेदन ?


एबीसी / संवाददाता
बैशाख २९, २०८० शुक्रबार   ९ : २४   बजे

काठमाडौँ, २९ वैशाख । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका बारेमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले नयाँनयाँ तथ्य उजागर गर्न थालेको छ ।

पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले तयार पारेर मन्त्रालयलाई बुझाएको प्रतिवेदन बिचौलियाको हातमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ । मन्त्रालयबाट सो प्रतिवेदन बिचौलियाको हातमा पुर्‍याउन सहयोग पुर्‍याउने विभिन्न पक्ष र व्यक्तिको बारेमा प्रहरीले अनुसन्धान थालेको हो ।

२०७६ कात्तिक १ गते पन्थी कार्यदलले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको थियो । त्यसरी बुझाएको प्रतिवेदन मन्त्रीले प्रशासनिक नेतृत्वलाई हस्तान्तरण गरेका थिए । त्यसपछि सो प्रतिवेदन मन्त्रालयमा नै राखिएको थियो ।

त्यसरी बुझाइएको प्रतिवेदन मन्त्रालयमा राखिएको लकरमा चाबी लगाएर राख्ने चलन रहिआएको छ । अहिलेसम्म मन्त्रालयले गठन गरेको जाँचबुझ आयोग तथा छानबिन आयोग तथा कार्यदलले तयार पारेको प्रतिवेदन लकरभित्र राख्ने प्रचलन रहेको गृहका अधिकारीहरू बताउँछन् । त्यसरी तयार पारिएको प्रतिवेदनको सुरक्षाका लागि लकरमा दुईवटा चाबी लगाइने गरिएको पनि ती अधिकारीले जानकारी दिए ।

लकरको चाबी दुईवटा हुने र एउटा चाबी गृहसचिव र अर्को चाबी मन्त्रालयका शान्ति सुरक्षा हेर्ने सचिवसँग हुने पनि ती अधिकारीले बताए । गृहसचिव र शान्ति सुरक्षा महाशाखाका सचिवसँग हुने चाबी फरक–फरक हुने भएकाले एउटाले चाहँदैमा उक्त लकर खोल्न सक्ने अवस्था नरहने पनि ती अधिकारीले जानकारी दिए ।

मन्त्रालयमा बुझाइएको उक्त प्रतिवेदनपछि गिरोहको हातमा कसरी पुग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई तेस्रो मुलुक लैजाने गिरोहको दबाबमा नियुक्त भएका कार्यदलका सदस्य गणेश केसीले उक्त कार्यदलमा कुनै प्रभाव पार्न नसकेपछि गिरोहका सदस्यहरूले पन्थी तयार पारेको प्रतिवेदनको अनुसूचीलाई तलमाथि गर्न गृहका अधिकारीहरूलाई नै प्रयोग गरेर प्रतिवेदन फुत्काउन सफल भएको स्रोतको दाबी छ ।

पन्थी कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रिपरिषद्ले २०७७ फागुन ११ गते सामाजिक समितिमा पठाउने निर्णय गरेको थियो । समितिले केही सुझावसहित उक्त प्रतिवेदनमा केही बुँदामा संशोधनसहित मन्त्रिपरिषद्‍मा फिर्ता पठाएपछि २०७८ पुस ३० गतेको मन्त्रिपरिषद् बैठकले कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिएर कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको निवेदनमा दर्ता छुट भएको भनेर निवेदन दिएकालाई दर्ता गर्नुपर्छ भनेर निर्णय नगरेको पाइएको छ ।

राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (युएनएचसीआर)ले विगतमा प्रमाणित गरेका अझै ४२९ जनालाई समेत समावेश नगरी प्रतिवेदनमा उल्लेख गरेका व्यक्तिलाई मात्रै व्यवस्थापन गर्ने निर्णय गरेको कार्यदलका संयोजक पन्थीले बताएका छन् ।

उनले भने, “उनीहरूलाई हामीले अनुसूची ७ मा राखेका थियौँ । त्यसलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेन । ६ हजार ५७७ शरणार्थीलाई के गर्ने भन्ने विषयमा मात्र सरकारले त्यसबेला निर्णय गरेको थियो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group