ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणार्थी प्रकरण विरुद्ध वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने


ABC NEWS

काठमाडौं २६ वैशाख । नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको वृहत् नागरिक आन्दोलनले विज्ञप्ति मार्फत भनेको छ ।

यो घटनाले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भइरहेको आपराधिक क्रियाकलापलाई उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै बुधबार दिउँसो ३ बजे भद्रकालीमा विरोध प्रदर्शन गरिने आन्दोलनले जनाएको छ ।

‘अमेरिका लैजाने नाममा सय नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अब रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट भइरहेको ढाकछोपप्रति बृहत् नागरिक आन्दोलनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।

गम्भीर संगठित अपराधको अनुसन्धानलाई दलीय पहुँच र राजनीतिक हस्तक्षेपका आधारम प्रभावहीन बनाउनु र दोषीलाई संरक्षण गरी उन्मुक्ति दिनु दण्डहीनताको प्रोत्साहन र कानुनी शासनको बदख्वाइँ रहेको वृहत् नागरिक आन्दोलनले जनाएको छ ।

‘अपराधमा संलग्न राजनीतिक व्यवसायीहरुको उन्मुक्ति दिने राजनीतिक चलखेलविरुद्ध आम नागरिकलाई सडकमा उत्रिएर खबरदारी गर्न हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com