ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा शक्तिशाली चक्रवातको चेतावनी – नेपालमा के हुन्छ ?


ABC NEWS

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको छ।

सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ। चक्रवात यही मे १२ ९वैशाख २९० मा बंगलादेश र म्यानमारको तटतर्फ अघि बढ्ने अनुमान गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालमा मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ भन्नेमा निर्भर गर्दछ।

भारतीय मौसम विभागले पश्चिम बंगाल, ओडिसा र आन्ध्र प्रदेशका लागि पनि अलर्ट जारी गरेको छ।

विभागले साना समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरेको छ। साथै मे १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न र नजिकबाट निगरानी राख्न भनिएको छ।

सोमबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले विज्ञप्ति जारी गर्दै चक्रवातबाट डराउनुपर्ने आवश्यकता नरहेको बताएकी छन्।अप्ठ्यारो परेमा तटीय क्षेत्रका जनतालाई उद्धार गरिने उनले उल्लेख गरेकी छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अहिलेसम्म त्यसको प्रभाव नेपालमा पर्ने सम्भावना नदेखिएको बताएका छन्।

मौसमविद् राजु प्रधानांगले मंगलबार बिहान भने, ‘अहिलेसम्म हेर्दा त्यो चक्रवातको प्रभाव नेपालमा पर्ने देखिँदैन, त्यो बंगालको दक्षिण–पूर्वी भागमा बनेको छ र त्यसले उत्तर–पूर्वी म्यान्मारतिर असर गर्ने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com