ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायती राजाले २.२३ किलोको राजमुकुट पहिरिए, विश्व नेताहरुको भव्य उपस्थिति (तस्वीरहरु)


ABC NEWS

काठमाडौं २३ बैशाख । बेलायतका राजा चार्ल्स तृतीयलाई मध्य लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित एक विशेष समारोहमा राजमुकुट पहिर्‍याइएको छ । बेलायती समयअनुसार दिउँसो १२ बजेर ३ मिनेट जाँदा इसाई धार्मिक परम्परामा आधारित एउटा सौम्य, सांगीतिक समारोहमा आर्चबीसप अफ क्यान्टरबरीले राजा चार्ल्सको शीरमा ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिर्‍याइदिएका थिए ।

२.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त श्रीपेच राजाहरुले राज्याभिषेकका बेलामात्रै पहिरन्छन् ।

ुहामी यहाँ एक जना राजालाई राजमुकुट लगाइदिन उपस्थित भएका छौं र राजाले सेवा गरुन् भनेर उनलाई राजमुकुट पहिर्‍याउन लागिएको होु, आर्चबीसप अफ क्यान्टरबरीले भने । उनले ुगड सेभ द किङ’ भनेपछि उपस्थित पाहुनाहरुले पनि उक्त भनाइ दोहोर्‍याएका थिए ।

सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक यहीं भएको थियो । बेलायतमा विगत ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४०औं राजा हुन् ।

७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुना सहभागी भएका थिए ।

वेस्टमिन्स्टर एबीमा भएको समारोहमा उनलाई क्याटरबरीका आर्कबिसपले मुकुट पहिर्‍याइदिएका हुन्। आर्कबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवर्डको मुकुट राजाको शिरमा लगाउँदै घोषणा गरे, ‘ईश्वरले राजाको रक्षा गरुन्!’​

त्यस्तै, रानी क्यामिलियालाई पनि मुकुट पहिर्‍याइएको छ। सो समारोहमा दुई हजारभन्दा बढी अतिथिहरु उपस्थित छन्।

राज्याभिषेकलगत्तै विश्वनेताहरुले राजारानीलाई बधाई दिने क्रम सुरु भएको छ।

तस्बिरहरूः रोयटर्स


King Charles III and Queen Camilla are carried in the Diamond Jubilee State Coach as the King’s Procession passes along The Mall to their coronation ceremony London. Picture date: Saturday May 6, 2023.





प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com