ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारीमाथिको यो त ट्रेलर मात्र हो, हेर्दे जानुस : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

काठमाडौँ २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक आर्थिक समस्या र दबाबमा पर्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने बताएका हुन् ।

‘सुशासन भन्न जति सजिलो छ हामीकहाँ त्यो साँच्चै कायम गर्ने चुनौती निकै नै ठूलो छ,ु प्रधानमन्त्री दाहालले भने, ुसुशासन भन्नेबित्तिकै बेथिति विकृति भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।’

आफूले मजदुरहरूको महाधिवेशनमै भ्रष्टाचारको फाइल खोल्ने घोषणा गरेको पनि प्रधानमन्त्री दाहालले बताए । उनले भने, ‘मजदुरहरूको महाधिवशेनमा घोषणा गरेको थिएँ । अब भ्रष्टाचारीको फाइल खोलिन्छ । कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ यो सुरुवात मात्रै हो । यो ट्रेलर मात्रै हो । यो सिंगो फिलिम देखिन्छ । सिंगै फिलिम देखिनेवाला छ ।’

भ्रष्टाचारविरुद्ध कारबाही चाल्दा ठूला(ठूला धम्की आउने सम्भावना रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । ‘ठूल्ठूला घेराबन्दी होलान्, दबाब आउलान्, धम्की आउलान्, धेरै चिज हुनेवाला छ यसबीचमा । श्रमजीवी साथमा भए भने जतिसुकै ठूला घेराबन्दी पनि सामना गरिनेछ,’प्रधानमन्त्री दाहालले भने ।

लामो समयदेखि कायम रहेको गलत नीति र संस्कारकै कारण नेपालमा आर्थिक संकट निम्तिएको पनि उनको दाबी छ । उनले अगाडि भने, ‘आज आर्थिक समस्या र दबाबको सामना गर्नुपरेको छ । यो रातारात बनिएको होइन । लामो समयदेखिका गलत नीति संस्कार शैली मुख्य संस्थागत भ्रष्टाचारका कारणले नै नेपालको आजको आर्थिक संकटको स्थिति बनेको हो । यसको निराकरणका निम्ति सुशासन कायम गर्नैपर्छ ।
प्रधानमन्त्रीले आफ्नो प्राथमिकता नै सामाजिक न्याय, सुशासन र समृद्धि भएको पनि दोहोर्‍याए ।
प्रचण्डले एक अर्को प्रस.गमा आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् ।

पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताए ।

‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने, ‘खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com