ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–ओली दुई घन्टा छलफल : प्रम प्रचण्डको प्रतिक्रिया – ‘कसैको दबाबमा पर्दिन’ , ‘टोपबहादुर बारे मलाई थाहा छैन ‘– ओली


ABC NEWS
बैशाख २३, २०८० शनिबार  ३ : ४६ बजे

काठमाडौं २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही हुने दाबी गरेका छन्।

शनिबार सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको २ घन्टा लामो छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले कारबाहीबाट सरकार तलमाथि नहुने बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले यसअघि र आजको दुवै भेटमा यस प्रकरणबारे चासो राखेको पनि जानकारी दिए।

‘अस्ति पनि र आज पनि यो विषयमा उहाँले कर्न्सन राख्नुभयो। मैले जनरल कुरा राखेको छु,’ प्रधानमन्त्रीले भने।

ओलीसँगको भेटपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डको सवाल–जवाफः

भुटानी शरणार्थीबारे के कुरा भयो ?
प्रक्रिया, पद्धति र ऐन अनुसार दृढताका साथ अगाडि जान्छ। दोषी कोही नछुटुन, निर्दोष कोही नपरुन भन्ने मान्यताबाट बोल्डले अगाडि गइन्छ।

तपाईंलाई अध्यक्ष ओलीले के भन्नुभयो ?
अस्ति पनि र आज पनि यो विषयमा उहाँले कर्न्सन राख्नुभयो। मैले जनरल कुरा राखेको छु।

टोपबहादुर र रामबहादुरहरुलाई बचाइदिउँ भन्न आउनुभएको हो ?
त्यस्तो भनेर बचाउँ भनेर कसैले नि सक्दैन नि।

तपाईं दबाबमा त पर्नुहुन्न ?
पर्दिन, पर्दिन। म दबाबमा पर्दिँन।

सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग ओलीको सवाल–जवाफः

पूर्वमन्त्री भइसकेको मान्छे हराउँछन् र भन्नुभएको थियो, उहाँ कहाँ हराइरहनुभएको छ?
त्यो तपाईंहरुले बुझ्नु न।
तपाईंको सम्पर्कमा हुनुहुन्छ होला नि?
मैरो सम्पर्कमा हुनुहुन्न।
कहिले आउनुहुन्छ उहाँ?
सोध्नुस न, उहाँलाई नै।
तपाईं अभियुक्तलाई बचाउन लाग्नुभयो भन्ने आरोप छ, के भन्नुहुन्छ?
तपाईंहरूलाई विश्वास लाग्यो। त्यस्तो कुरा।
त्यो आरोप छ भनेको?
केही यस्ता खालका मान्छेहरू छन्, घुस र बेइमानीमा भर पर्ने त्यस्ता खालका मान्छेहरूले हल्ला चलाउँछन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com