ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समर्थन फिर्ता केवल रास्वपाको ‘राजनीतिक स्टन्ट’, प्रचण्ड सुविधाजनक बहुमतमा


ABC NEWS

काठमाडौं २२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता को निर्णय केवल राजनीतिक स्टन्ट मात्र भएको सत्ता गठबन्धनको ठहर छ ।
दोहोरो नागरिकता प्रकरणमा सांसद पद समेत गुमाएका रवि लामिछानेका कारण उनले आफ्नो दललाई पनि सत्ताच्युत गरेका थिए । त्यसस यता लगातार उनी मन्त्री बन्न चाहे पनि प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनले उनलाई इन्टरटेन नगरेपछि अन्तत सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्न बाध्य भएका छन् । रास्वपाका शुक्रबार बसेको बैठकमा सांसद शिशिर खनाल लगायतको ठूलो हिस्सससाले सरकारमा सहभागी हुनु पर्ने बताएपनि लामिछानेले आफू उपप्रधानमन्त्री बन्न नसक्ने भएपछि सरकालाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गराएका हुन् ।

रास्वपाको शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

रास्वपाले समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकारले प्रतिनिधि सभामा बहुमत गुमाउने अवस्था छैन ।
प्रधानमन्त्री प्रचण्डले यस अघि ६ चैत्रमा विश्वासको मत लिएका थिए। त्यो बेला उनलाई प्रतिनिधि सभाका १ सय ७२ सदस्यको समर्थन थियो।

त्यो बेला एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गरेका थिए। विपक्षमा मतदान गर्ने सांसदको संख्या ८९ थियो।

प्रचण्डलाई विश्वासको मत दिने दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी पार्टी , एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरु थिए।
रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि ६ चैत्रमा सरकारलाई विश्वासको मत दिएका अन्य दल र स्वतन्त्र सांसदहरुले समर्थन फिर्ता लिएका छैनन्।

रास्वपाको पछिल्लो निर्णयका बाबजुद प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्ड बहुमतको स्थितिमा छन्।
फेसबुके र ट्विटे हल्ला नानाथरी चल्छ । तर, मिडियाले सुचना भन्दा भ्रम पस्कने काम बन्द गर्नु । कि अलिअलि अध्ययन गरेर समाचार दिनु ।
रबिको पार्टी सरकारमा सहभागी नरहेको र उसको समर्थन नरहे पनि प्रधानमन्त्रीलाई बहुमत प्रतिनिधिसभा सदस्य (१५९)को समर्थन कायम रहेकोले बिश्वासको मत लिन पर्दैन । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए वा प्रधानमन्त्रीलाई इच्छा लागे मात्र फेरि विश्वासको मत लिने हो ।

हाल प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ५, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, आम जनता पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ सांसद छन्।

यी सबै सांसदहरुको संख्या १ सय ५६ हुन आउछ। अमरेशकुमार सिंह लगायतका स्वतन्त्र सांसदको समर्थनपनि अहिलेसम्म सरकारलाई छ।

यस हिसाबले अहिलेसम्म प्रधानमन्त्री प्रचण्ड सुरक्षित स्थितिमा नै छन्। अझै उनको पक्षमा बहुमतको स्थिति रहेकाले उनले विश्वासको मत लिनुपर्ने स्थिति देखिदैन।

प्रधानमन्त्री पदमा रहिरहन प्रतिनिधि सभाको कायम रहेको संख्याको सामान्य बहुमत आवस्यक पर्छ। यो संख्या भनेको कम्तिमा १ सय ३८ हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com