ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी शरणार्थी प्रकरण जघन्य अपराध हो, संलग्नलाई जो भएपनि कारबाही हुनु पर्छ : नेका बैठक


ABC NEWS

काठमाडौं २२ बैशाख । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य अपराध भनेको छ। उसले प्रकरणमा जोडिएका सबैलाई कराबाहीका दायरामा ल्याउनु पर्ने प्रष्ट पारेको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक पछि प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै सजायको दायरमा आउनु पर्ने बताए।

‘नक्कली भुटानी शरणार्थी अवश्य पनि जघन्य अपराध हो। यस्तो सोच्नै नहुने कुरा भयो भन्ने आइरहेको छ। पत्रपत्रिकामा बाहिरएपछि हामीले जानकारी पाएको हो,’ उनले भने, ‘क्रियाकलपा अमानवीय आपराधिक काम हो। जति निन्दा गरे पनि कम हुन्छ। को(को संलग्न, कसरी संलग्न भएको छ, अनुसन्धानकर्ता अथोरिटीले बाहिर ल्याउला। अनुसन्धान र न्याय निरुपण पनि होला। जो(जो सहभागी छन्, गलत आपराधिक क्रियाकलाप गर्नेहरु सजायको दायरमा आउनु पर्छ। आउँछन्।’
पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा शुक्रबार अपरान्ह बसेको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले कानुनले काम गरिरहेका बेला राजनीतिकर्मीहरु बोल्न नहुने पनि बताएका छन्।

‘कानुनले काम गरिररहेका बेला राजनीतिककर्मी र दलहरु चुप लाग्नु पर्छ’, उनले भने, ‘तर राजनीतिले काम गरेका बेला कानुनले बाटो बिरायौ भन्न पाउँछ। नक्कली शरणार्थीको हकमा जसले गल्ती गरे पनि कारबाही हुनु पर्छ।’

उनले नेपाल जस्तो गरिबको देशमा हुने भ्रष्टाचार गरिब जनताको घरमा चोरी हुनु जस्तै हुने पनि उदाहरण दिए।

शर्माले अब राणा शासनदेखिकै भ्रष्टाचारका फाइल खोल्न तयार हुनु पर्ने पनि बताएका छन्। ‘राणा शासनदेखिकै फाइल खोलौँ, भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राखिनु हुन्न’, उनले अगाडि भने, ‘भ्रष्टाचार गरेको पैसाले मेरो परिवार पालिएको रहेछ भने कारबाही हुनुपर्छ, सबैलाई कारबाही हुनुपर्छ।’

शर्माले नक्कली शरणार्थी प्रकरणमा कानुनले स्वच्छन्द रुपमा काम गर्न पाउनुपर्नेमा पनि जोड दिए। ‘गणतन्त्र हो, कानुनले स्वच्छन्द रुपमा काम गर्न पाउँछ’, उनले भने, ‘विधिको विषयमा कांग्रेस‍(एमाले भन्न हुँदैन। विधिले प्रश्न उठाएपछि कोही पनि उम्किन पाउँदैन।’

नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पनि मुछिएको विषयमा उनले कसैलाई छाड्न नहुने बताए।
‘यो वा त्यो भनेर कसैलाई बचाउन पाइँदैन। कानुनले काम गर्दा मेरो नेता कार्यकर्ता भन्न पाइँदैन’, उनले भने, ‘तर कसैमाथि भ्रष्टाचारको छानबिन गर्दा तथ्यमा आधारित हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com