ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्रोन आक्रमणमा वासिङ्टनको हात रहेको रूसको दाबी, क्रेमलिनले ‘झूट’ बोलेको ह्वाइट हाउसको भनाइ


एबीसी / संवाददाता

एजेन्सी, २१ वैशाख । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको प्रमाण रूससँग रहेको बताएका छन् ।

“हाम्रो विशेष सेवालाई प्राप्त प्रमाणका आधारमा ड्रोन आक्रमणमा ‘अमेरिका र युक्रेनको हात रहेको’ दाबी गरिएको हो,” पेस्कोभले क्रेमलिनमा बुधबार ड्रोन आक्रमणको प्रयासबारे भने ।

पेस्कोभले संयुक्त राज्य अमेरिकाले यो बुझ्नु पर्दछ कि रूस आतंकवादी हमलामा आफ्नो सहभागिताको बारेमा सचेत छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले दुईवटा ड्रोन प्रयोग गरी हत्याको प्रयास गरेको रुसी प्रेस सेवाले बुधबार जनाएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रूसको दाबी झुटो भएको बताएका छन् । उनले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीमा उक्त आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको बताए ।

रूसी प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा भएको कथित ड्रोन हमलामा आफ्नो संलग्नता रहेको आरोप लगाएपछि ह्वाइट हाउसले बुधबार आफ्नो संलग्नता अस्वीकार गरेको हो ।

ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एमएसएनबीसीसँग भने, “यसमा हाम्रो कुनै सरोकार छैन ।”

किर्बीले बुधबार बिहान सीएनएनसँगको कुराकानीमा वासिङ्टनको कुनै भूमिका नरहेको र ह्वाइट हाउसले अझै पनि यस विषयमा प्रमाण खोजिरहेको बताएका थिए । उनले भने, “हामीलाई त्यहाँ के भयो भन्ने थाहा छैन ।”

क्रेमलिनमा भएको यो घटना रूसी र कब्जा गरिएको युक्रेनी भूभागमा हालै भएका अन्य विस्फोट र रेल दुर्घटनाका बीच भएको हो र आक्रमणलाई लिएर मस्कोले कीएभतर्फ औंला उठाएको छ ।

पुटिनका लामो समयदेखि प्रेस सचिव रहेका पेस्कोभले बुधबार भने, “यस्ता आक्रमणबारे निर्णय किएभमा नभई वासिङ्टनमा गरिन्छ ।”

उहाँले भने, “किएभले जे गर्न भनिएको छ त्यही मात्र गर्छ ।”

किर्बीले युक्रेनले आफ्नो सीमाबाहिर गरेको आक्रमणलाई वासिङ्टनले समर्थन नगर्ने बताएका थियो ।

उनले थपे, “हामी उनीहरूलाई युक्रेन बाहिर आक्रमण गर्न प्रोत्साहित गर्दैनौँ र अनुमति दिँदैनौँ । यस विषयमा हामी उनीहरूसँग व्यक्तिगत तथा सार्वजनिक रूपमा स्पष्ट छौँ ।”

सिएनएनसँगको कुराकानीमा के वासिङ्टनले पुटिनलाई वैध सैन्य लक्ष्यको रूपमा हेर्छ भन्ने प्रश्नमा किर्बीले भन्नुभयो, “हामी कुनै पनि नेता (व्यक्ति)माथिको आक्रमणको समर्थन गर्दैनौँ ।”

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा अनुरोध गरिएको थप उन्नत हतियार र प्रतिरक्षा प्रणाली प्रदान गर्दै संयुक्त राज्य अमेरिकाले युक्रेनी सेनालाई हतियार प्रदान गर्न पश्चिमी राष्ट्रहरूको गठबन्धनको नेतृत्व गरेको छ ।

युक्रेनमा एक वर्षभन्दा लामो आक्रमणका क्रममा मस्कोले किभले वासिङ्टनबाट आदेश लिइरहेको बताउँदै आएको छ र पश्चिमा मुलुकले छद्म रूपमा रुसविरुद्ध युद्धको नेतृत्व गरिरहेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com