ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पदाधिकारीसँग प्रचण्डले भने – ‘रवि सरकारमा आउने सम्भावना छैन, ओली आतंकित छन्’


ABC NEWS
बैशाख २१, २०८० बिहीबार  ८ : २६ बजे

काठमाडौं २१ बैशाख । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछाने दललाई सरकारमा समायोजन गर्ने सम्भावना कमजोर रहेको बताएका छन् । विहीबार सांझ प्रधानमन्त्री निवास बालुवाटामा भएको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले रास्वपाले पहिलेकै पोर्टफोलियो पाएमा सरकारमा सहभागी हुने बताएको व्रिफिंग गरेका थिए । माआवादी– एमाले गठबन्धनका बेला रास्वपाले उपप्रधानमन्त्री सहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय पाएको थियो । रास्वपालाई सकारमा सहभागी गराउने विषयमा माओवादीभित्रै दुई धार रहेको छ । एकथरिले रवि लामिछानेको माग पूरा गरेर सरकारमा सहभागी गराउनु पर्ने पक्षमा र अर्कोथरि गृहमन्त्रालय दिन नसकिने पक्षमा रहेका छन् । सरकारले अघि बढाएको भ्रष्टाचार विरोधी अभियानबाट एमाले अध्यक्ष ओली आतंकित भएको बताएका छन् । माओवादी पदाधिकारी बैठक अघि ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको सकरारी कार्यालया सिंहदरबारमा ४५ मिनेट भेटवार्ता गरेका थिए ।

माओवादीका एक पदाधिकारीका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेको संलग्नतामा नै पूर्वको गिरिबन्धु रियल स्टेटलाई विक्रि गर्ने प्रयोजनमा भएका क्रियाकलापमा पाण्डेको कनेक्सन तत्कालीन प्रधानमन्त्री ओलीसंग समेत जोडिन सक्ने आशंकाबाट ओली अलिक बढी आत्तिएजस्तो बताएका रहेछन् ।
पदाधिकारी बैठकमा बजेट र सरकारको नीति तथा कार्यक्रम बनाउने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसंग सझाव मागेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरासचिव दीनानाथ शर्मा चक्रपाणी खनाल लगायतका नेताहरु सहभागी थिए ।
ओवादी केन्द्रको अनौपचारिक पदाधिकारी बैठकमा प्रचण्डले सरकारले भ्रष्टाचार, अनियमितता र गैरकानुनी काम गर्नेलाई नछाड्ने बताएका हुन् ।
कसैप्रति राजनीतिक प्रतिशोध नराखिएको भन्दै उनले कानुनको नजरमा दोषी देखिए कारबाही हुने बताएका हुन् ।

‘कसैप्रति राजनीति प्रतिसोध वा अन्य कुनै नियत राखिएको छैन । कानुनको नजरमा दोषी देखिए कारबाही हुन्छ । भ्रष्टाचार र अनियमितताको यो सुरुवात मात्रै हो अझ ठुला भ्रष्टाचार अनियमितताको पोल खुल्दै जानेछ,’ बैठकमा प्रचण्डले भने,’२०४६ यताका राजकीय निकायमा बसेका नेता कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी गरिएको छ । त्यसपछि देशमा सुशासन कायम गर्ने सोचिएको छ ।’

बैठकमा प्रचण्डले सरकारले गरेको राम्रो कामको पार्टी पङ्क्तिले प्रचार गर्नुपर्ने बताएको माओवादी केन्द्रका सचिव गणेश शाहले जानकारी दिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका लागि सुझाव मागेको सचिव शाहले बताए ।

बैठकमा सबै पदाधिकारीले २/३ मिनेट धारणा राखेका थिए । उनीहरुले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेको सचिव शाहले बताए ।
सरकार, बजेट निर्माण र आगामी वर्षको नीति तथा कार्यक्रमबारे सुझाव दिन बैठक बसेको प्रवक्ता महराले जानकारी दिए। nबुधबार बसेको गठबन्धन बैठकले नीति तथा कार्यक्रमबारे आफ्नो दलमा छलफल गरेर सरकारलाई सुझाव दिने समझदारी बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com