ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन परियारले मन्त्रीहरु समावेशी नभएको भनेपछि देउवा जंगिए


ABC NEWS

 

काठमाडौं २१ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सहमहामन्त्री जीवन परियारबीच भनाभन भएको छ। धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकमा दुई नेताबीच मन्त्रीका विषयमा भनाभन भएको हो।

परियारले पार्टीका तर्फबाट ८ जना मन्त्री पठाउँदा दलित, मधेशी तथा पछाडि परेको क्षेत्रबाट समावेश नगराइएको भन्दै गुनासो गरेपछि देउवाले जवाफ फर्काएको बताइएको छ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सहमहामन्त्री परियारले मन्त्री चयनको विषयमा कुरा राखेका थिए। उनले ८ जना मन्त्री पठाउँदा समावेशी नहुनुको कारण सोधेको ती पदाधिकारीको भनाइ छ।

‘जीवनजीले मन्त्री बनाउँदा दलित, मधेश तथा पिछडिएका वर्गको प्रतिनिधित्व किन भएन भनेर गुनासो गर्नुभयो,’ ती पदाधीकारीले भने, ‘यसले कार्यकर्ता र जनतामा सकारात्मक सन्देश गएन, हामी समावेशी भएनौँ भन्नुभयो।’

जवाफमा सभापति देउवाले सबैलाई समेट्न नसकिने भन्दै कांग्रेसको एकल सरकार बनेमात्र सबैलाई समेट्न सम्भव हुने जवाफ दिएको ती नेताले जानकारी दिए।

‘कहाँ सम्भव छ, कहाँ सम्भव छ। पहिला बहुमत ल्याउने सिंगल सरकार बनाउने अनि सबैलाई समेट्ने,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले त्यो सम्भव छैन भनेर सभापतिले भन्नुभयो।’

सभापति देउवाले सरकार आलोपालोमा चल्ने भएकाले अर्को पटक अवसर दिन्छु भनेर बैठकमा बोलेको ती पदाधीकारीले जानकारी दिए।

सहमहामन्त्री परियार संस्थापन इतर समूहबाट मन्त्रीका आकांक्षी थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com