ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैभन्दा भ्रष्ट तत्वहरू भ्रष्टाचारविरूद्ध बोलेको देख्दा अनौठो लाग्छ’ : प्रधानमन्त्री


ABC NEWS

 

काठमाडौं १८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा भ्रष्ट तत्वहरू नै भ्रष्टाचारका विरूद्ध बोलेको देख्दा अनौठो लाग्ने बताएका छन्।

सोमबार काठमाडौंमा पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासङ्घको ८ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बढी भ्रष्टाचार गर्नेहरू नै सुशासनका कुरा गरेको देख्दा अनौठो लाग्ने बताएका हुन्।

उनले वर्तमान सरकार र आफू नेतृत्वको पार्टी नै साँचो अर्थमा सुशासनको पक्षमा रहेको बताए।

निर्वाचनको घोषणापत्रमा नै आयोग बनाएर ०४८ साल यताका सबै भ्रष्टहरूको छानविन सुरू गर्ने भनेको बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यो आयोग छिट्टै गठन हुने बताए।

छिट्टै त्यो आयोग गठन गर्न पहल गर्ने र प्रत्येक भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइनेछ, उनले भने।

उनले आफू नेतृत्वको सरकार र पार्टीले भ्रष्टाचारका विरूद्ध बढी बोल्यो, सामाजिक न्याय र सुशासन विकासलाई केन्द्रित गर्न थाल्यो भनेर विरोधी तत्वहरू सल्बलाएको बताए।
प्रधानमन्त्रीले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरू उल्टाउने कोसिस भइरहेको दाबी गर्दै अब उपलब्धि रक्षाका लागि सबै क्रान्तिकारीहरू सशक्त आन्दोलित हुनुपर्ने बताएका छन् । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको महाधिवेशनलाई सोमबार सम्बोधन गर्दै दाहालले आफूहरू नजाग्दा स्यालहरू गर्जिरहेको टिप्पणी गरे ।

‘नेपाली जनताका धेरै संघर्षमार्फत प्राप्त उपलब्धिहरू उल्ट्याउने कोसिस भइरहेको छ । हिजो जनयुद्ध, जनआन्दोलनका क्रममा गरिएका बलिदानका असीमित कीर्तिमानप्रति धेरै ठूलो प्रहार हुन खोजेको छ । अहिले हेर्ने हो भने हरेक उपलब्धि उल्टाउन खोज्ने प्रवृत्तिलाई बढावा दिने काम भएको छ । राष्ट्रिय रूपमा अहिले हामी सबै यो प्रतिक्रान्ति र उपलब्धिहरूको रक्षाका निमित्त सशक्त आन्दोलित हुनुपर्ने अवस्था आइलागेको छ,’ प्रधानमन्त्री दाहालले भने ।

उनले अहिले सरकारले गरिररहेका सकारात्मक काम र पहलकदमीमाथि पनि प्रहार भइरहेको दाबी गरे । ‘हिजो सहिदलाई सम्मान गर्नुपर्छ भन्दा प्रहार भयो । बहिर्गमित लडाकुको हकमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्न खोज्दा अहिले ‘स्यालहुइयाँ’ मच्चाइएको छु प्रधानमन्त्री दाहालले भने,’हामी नजाग्ने हो भने क्रान्तिकारी उपलब्ध ‘उल्ट्याउनेतर्फ जान्छ । हामी नजाग्दा स्यालहरू गर्जिएका छन् ।’

उनले माओवादी आन्दोलनको विद्रुपीकरण गर्ने र यसलाई आतंककै रूपमा प्रचार गर्ने काम भएको भन्दै आपत्ति जनाए । ‘१२ बुँदे समझदारी पछिका गणतन्त्रका उपलब्धि उल्टयाउन खोज्ने ‘स्यालहुइयाँ’सहन तयार छैनौ ‘ उनले भने,’इतिहासका कुँडाकर्कटलाई मिल्काउनुपर्छ ।’

उनले त्यस्ता कुँडाकर्कटहरुलाई जवाफ दिनकै लागि आफूले फागुन १ गत जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय गरेको बताए । ‘एकथरि मान्छेहरू माओवादी सरकारले गरेका कामको झुटो प्रचार गरिरहेका छन् । क्रान्तिलाई अपमानित गर्ने प्रयास भएको छु उनले भने,ुहामीले अहिले पनि मजदुर आन्दोलनलाई एकताबद्ध गर्नुपर्नेछ । यसबीचमा समाजवादी मोर्चा बनाउने कुरा भएको छ ।मोर्चा बनाएर आन्दोलित हुन जरुरी छ । जसको विचार मिल्छ एकता गर्नुपर्छ । जोसँग राजनीति र कार्यनीति मिल्छ त्यसको मोर्चा आवश्यक छ ।’

‘इतिहासले फोहोर फाल्ने ठाउँमा फालिसकेकाहरू पनि उठेर,अझ पूर्वबाट रे। मेचीबाट रे,’ प्रधानमन्त्री प्रचण्डले भने।

आफूले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएर त्यसको जवाफ दिएको प्रधानमन्त्रीले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com