ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनबाट आयात गर्ने हरेक वस्तुको खरिद युआनमा गर्ने अर्जेन्टिनाको घोषणा


ABC NEWS

 

काठमाडौँ १६ बैशाख । अर्जेन्टिनाले चीनबाट आयात गर्ने हरेक वस्तुको खरिद चिनियाँ मुद्रामै गर्ने घोषणा गरेको छ । बीबीसी हिन्दीका अनुसार डलरको सञ्चिति घटेसँगै अर्जेन्टिनाले चीनबाट आयात गरिने हरेक वस्तु चिनियाँ मुद्रा युआनमा खरिद गर्ने भएको हो ।

अर्जेन्टिनाद्वारा जारी सरकारी वक्तव्यमा चीनबाट अप्रिल महिनामा मात्रै करिब १ अर्ब अमेरिकी डलर बराबरको वस्तु युआनमा खरिद गर्ने लक्ष्य रहेको एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । यसपछि करिब ७९ करोड डलर बराबरको आयात चीनबाट युआन मुद्रामा गरिने भएको छ । अर्जेन्टिनाका लागि चिनियाँ राजदूत जु सिया‌ओलीसँग बैठक बसेपछि अर्जेन्टिनाका अर्थमन्त्री सर्जियो मस्साले यो निर्णय लिनुको कारण डलरको सञ्चितिमा कमी आउनु भएको बताएका छन् ।

 

अहिले अर्जेन्टिनामा खडेरीका कारण कृषि उत्पादन दिन प्रतिदिन घट्दै गएकाले त्यहाँ कृषि निर्यात पर्याप्त मात्रामा हुन सकेको छैन, जसका कारण डलर सञ्चितिमा कमी आएको छ । यसअघि सन् २०२२ नोभेम्बरमा अर्जेन्टिनाले आफ्नो अन्तर्राष्ट्रिय भण्डार बलियो बनाउने उद्देश्यले चीनसँग ५ अर्ब डलरको मुद्रा सटही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com