ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गभर्नरले मौद्रिक नीति खुकुलो पार्छु भनेको पर्खिंंदै छु : अर्थमन्त्री महत


ABC NEWS

 

काठमाडौं १४ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता नै देशका लागि मूल समस्या भएको बताएका छन् । अर्थतन्त्रका समस्या समाधानका लागि राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो पार्दै लैजानुपर्ने मन्त्री महतको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। महतले यस्तो शिथिलता आउनुको कारणबारे निजी क्षेत्र जानकार रहेको बताए । अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटोमध्ये एक मौद्रिक नीतिलाई एउटा परिवेशमा राष्ट्र बैंकले कसिकसाउ राखेको स्मरण गर्दै उनले वित्तीय नीतिले पनि केही समस्या ल्याएको बताए ।

‘मौद्रिक कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो,’ मन्त्री डा। महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्ने जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्व ९गभर्नर०लाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’

महँगो ब्याजदरले पनि समस्या सिर्जना गरेको बताए । ब्याजदरले बजारमा पूँजी प्रवाह गर्न नदिएको र मौद्रिक नीतिमार्फत् बजारमा पूँजी प्रवाह गर्न जरुरी रहेको बताए । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न सकिने मन्त्री डा। महतको भनाइ छ ।

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून ३० प्रतिशत मात्रै भएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ,’ उनले भने, ‘हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा छ, समस्या समाधानका लागि निर्णय नहुँदा उत्पन्न हुने समस्या छ ।’

साइट क्यिलयरेन्स नभइ ठेक्का लागेको भन्दै भन्दै उनले कतिपय वैदेशिक सहयोगका कतिपय आयोजनामा समेत यस्तो समस्या देखिएको बताए ।

वर्षको अन्तिम त्रैमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्पराले नहुने भन्दै उनले सुरुबाटै काम थाल्न सबै मन्त्रालयलाई भनिएको बताए ।

‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छ । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन,’ उनले भने, ‘समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com