ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गभर्नरले मौद्रिक नीति खुकुलो पार्छु भनेको पर्खिंंदै छु : अर्थमन्त्री महत


ABC NEWS
बैशाख १४, २०८० बिहीबार  ४ : १० बजे

 

काठमाडौं १४ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएको शिथिलता नै देशका लागि मूल समस्या भएको बताएका छन् । अर्थतन्त्रका समस्या समाधानका लागि राष्ट्र बैंकले मौद्रिक नीतिलाई खुकुलो पार्दै लैजानुपर्ने मन्त्री महतको भनाइ छ ।

आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट एवम् राजस्व नीति तर्जुमाबारे कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा। महतले यस्तो शिथिलता आउनुको कारणबारे निजी क्षेत्र जानकार रहेको बताए । अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटोमध्ये एक मौद्रिक नीतिलाई एउटा परिवेशमा राष्ट्र बैंकले कसिकसाउ राखेको स्मरण गर्दै उनले वित्तीय नीतिले पनि केही समस्या ल्याएको बताए ।

‘मौद्रिक कति कसिकसाउ गर्नुपर्ने पर्थ्यो, कति गर्नु हुँदैन थियो त्यो अर्को विषय हो,’ मन्त्री डा। महतले भने, ‘मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्ने जरुरी छ । यो कुरा मैले राष्ट्र बैंकको नेतृत्व ९गभर्नर०लाई भनेको छु । उहाँले यसलाई गम्भीरताका साथ लिएको र चाँडै एउटा निर्णयमा पुग्ने विश्वास दिलाउनु भएको छ, म पर्खेर बसेको छु ।’

महँगो ब्याजदरले पनि समस्या सिर्जना गरेको बताए । ब्याजदरले बजारमा पूँजी प्रवाह गर्न नदिएको र मौद्रिक नीतिमार्फत् बजारमा पूँजी प्रवाह गर्न जरुरी रहेको बताए । यसमार्फत् उद्योग व्यवसायलाई मद्दत गर्न सकिने मन्त्री डा। महतको भनाइ छ ।

‘वित्तीय नीतिको नेतृत्व मैले गरिरहेको छु, पूँजीगत खर्चको प्रतिशत न्यून ३० प्रतिशत मात्रै भएको छ । यसको प्रभावकारितालाई बढाउन जरुरी छ,’ उनले भने, ‘हाम्रो ठेक्का प्रकृयामा समस्या छ, साइट क्लियरेन्सका कुरा छ, समस्या समाधानका लागि निर्णय नहुँदा उत्पन्न हुने समस्या छ ।’

साइट क्यिलयरेन्स नभइ ठेक्का लागेको भन्दै भन्दै उनले कतिपय वैदेशिक सहयोगका कतिपय आयोजनामा समेत यस्तो समस्या देखिएको बताए ।

वर्षको अन्तिम त्रैमासिकमा मात्रै ठेक्का लगाउन जुरमुराउने परम्पराले नहुने भन्दै उनले सुरुबाटै काम थाल्न सबै मन्त्रालयलाई भनिएको बताए ।

‘बजेटको निक्कै नजिक म अर्थमन्त्री भएर आएँ, संविधानतः बजेट प्रस्तुत गर्न एक महिना मात्र बाँकी छ । समस्याका धेरै पाटा र चाङ छ । समस्या सबै समाधान गरेर धेरै कुरा पूरा गर्न सक्छु भनेर म दाबी गर्दिन,’ उनले भने, ‘समस्या समाधानमा मेरो इमान्दार कोसिस हुनेछ, समर्पित भएर म काम गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com