ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको सम्मानले ऊर्जा उद्यमी उत्साहित : भन्छन् ‘तिहासमै पहिलो पटक अवसर जुर्यो’


admin

काठमाडौँ, १ साउन । मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गरेको र उज्यालो नेपालको अभियानमा सक्रियतापूर्वक सहभागी भएको भन्दै सरकारले आज निजी तथा सरकारी ऊर्जा उत्पादकलाई सम्मान गरेको छ ।

विद्युत् विकास विभागको २४ औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका १७ र निजी क्षेत्रका ५८ वटा आयोजनालाई सम्मान गरिएको हो ।

नेपालको इतिहासमा ऊर्जा उत्पादकलाई सम्मान गरिएको यो नै पहिलो पटक हो । गैरसरकारी क्षेत्रबाट सम्मान पटकपटक भए पनि सरकारी तवरबाटै सम्मान गरेर ऊर्जा उत्पादकलाई आगामी दिनमा थप काम गर्ने उत्साह प्रदान गरिएको भन्दै सम्मानितले आफूहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो ।

ऊर्जा उद्यमीलाई राष्ट्रिय योजना आयोगका सदस्य डा अरविन्दकुमार मिश्र, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय विभागका महानिर्देशक नवीनकुमार सिंहले संयुक्तरुपमा खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधान राज्यले लगानीकर्तालाई सम्मान गर्नुपर्छ भन्ने पुगेकामा खुसी व्यक्त गर्नुभयो । “मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण योगदान रहे पनि राज्यका कुनै पनि निकायले जलविद्युत् उत्पादकलाई यसअघि कहिल्यै नसम्झेको तर विभागको स्थापना दिवसका अवसरमा सम्झनु पनि ठूलो खुशीको विषय हो”– उहाँले भन्नुभयो, “यस्ता सम्मानले आगामी दिनमा थप आयोजना बनाउन उद्यमीलाई प्रेरित गर्दछ ।”

यस्तै सानिमा माई हाइड्रो पावरका प्रबन्ध निर्देशक डा सुवर्णदास श्रेष्ठ राज्यको तर्फबाट पहिलो पटक सम्मान पाउँदा आफूलाई असाध्यै खुसी लागेको बताउनुहुन्छ । “काम गर्दै गएपछि एक न एक दिन राज्यले सम्झन्छ भन्ने पुष्टि भएको र ऊर्जा क्षेत्रको विकासमा थप सहजीकरण गर्ने हो भने एकाध वर्षमा मुलुकले अपेक्षित सफलता हासिल गर्न सक्छ भन्ने प्रष्ट भएको छ ।”

यस्तै अपि पावरका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले मुलुकको जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशसँगै व्यावसायिक शीप एवं दक्षतामा समेत अभिवृद्धि भएको भन्दै सरकारले कुनै न कुनै रुपमा उद्यमीको हितमा समेत काम गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

विद्युत् ऐन, २०४९ अनुसार २०५० साउन १ गते स्थापना भएको विभागले आज स्थापनाको २४ वर्ष पार गरेको छ । सोही ऐन कार्यान्वयनमा आएपछि मुलुकको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले समेत प्रवेश पाएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाई खिम्ती जलविद्युत् आयोजनाले ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजना निर्माण र सञ्चालनमा ल्याएपछि मुलुकमा निजी क्षेत्रले पनि जलविद्युत् परियोजना निर्माण गर्न सक्छ भन्ने स्थापित भएको सन्दर्भमा आज गरिएको सम्मान सरकारी तथा निजी क्षेत्रकै सम्मान भएको बताउनुभयो । उहाँले जलविद्युत्को क्षेत्रमा प्राधिकरण र निजी क्षेत्रको उत्पादन हाराहारीमा नै पुग्न लागेका र यसले प्रतिस्पर्धी क्षमताको समेत विकास गरेको जानकारी दिनुभयो ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी ऊर्जा उद्यमीका रुपमा प्राधिकरण पनि सम्मानित हुँदा स्वभाविक रुमपा खुशी लागेको बताउनुहुन्छ ।

मुलुकको जलविद्युत् उत्पादनको १०६ वर्षको अवधिमा पहिलोपटक सरकारी तथा निजी क्षेत्रका आयोजनार तिनका प्रवद्र्धकलाई सम्मान गरेर उनीहरुको लगानी र योगदानको समेत सम्मान गरिएको विभागका महानिर्देशक नवीनराज सिंहको भनाइ छ ।

उहाँले विभागले दु्रतरुपमा जलविद्युत् आयोजनाको विकासमा सहयोग पु¥याएको, नीतिगत सहजीकरण गरेको र आवेदन दिएको एकाध दिनमा नै सबै काम सकाउने गरी कार्यविधि बनाएर काम गरेका कारण आशातीत सफलता हासिल गरेको बताउनुभयो ।

साना आयोजनाको अध्ययन गर्नेतर्फ विभागले ध्यान नदिएको भन्दै उहाँले मझौला र जलाशययुक्त आयोजनाको विकास नै मुलुकको प्रमुख आधार होे भन्नेमा आफूहरु स्पष्ट रहेको जानकारी दिनुभयो ।

ऊर्जा क्षेत्रमा लगानी गर्ने प्रवद्र्धकलाई अनुमतिपत्र दिने, अध्ययनमा सहयोग गर्ने र सबै नीतिगत काम गर्ने गरी सरकारले विभाग स्थापना गरेको हो । विभागमा पछिल्लोपटक स्थापना भएको एकल डेस्कले प्रवद्र्धकका समस्या समाधानमा सहयोग पु¥याएको छ भने १०० मेगावाटसम्मका जलविद्युत् आयोजनाको अनुमति दिने काम गर्दै आएको छ । विभागले हालसम्म कुल १३७ आयोजनाबाट तीन हजार ६८७ मेगावाट विद्युत् उत्पादन गर्न अनुमतिपत्र प्रदान गरेको छ ।

विसं २०५० पछि मुलुकको जलविद्युत् इतिहासमा निजी क्षेत्रले प्रवेश पाएको हो । हाल निजी क्षेत्रले कुल ५८ वटा आयोजनाबाट ४४५ मेगावाट र प्राधिकरणका १७ आयोजनाबाट करिब ४६८ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

कार्यक्रममा ऊर्जा सचिव उपाध्यायले राजनीतिक नेतृत्वले अगाडि सारेका केही प्रभावकारी कार्ययोजनाका आधारमा मन्त्रालयले मुलुकको ऊर्जा क्षेत्रको विकासमा सफलता हासिल गर्दै गएको र आगामी वर्षमा उल्लेख्य उपलब्धि हासिल गर्ने बताउनुभयो ।

यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा मिश्रले जलविद्युत्, सौर्य तथा ऊर्जाका अन्य स्रोतको सम्मिश्रणबाट मुलुकलाई समृद्ध बनाउने योजनामा सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले समन्वयको अभावमा हरेक क्षेत्रमा प्रभावकारी काम हुन नसकेको अनुभवलाई ज्ञानको रुपमा लिएर आगामी दिनमा संयुक्त कार्ययोजनाका साथ काम गरिने स्पष्ट पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com