काठमाडौं । तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम राखेका छन् । वाग्लेले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई ५ हजार ७१३ मतले अगाडि छ ।
२० वटा वडाको मतगणना सकिँदा २७ हजार ४४ मत गणना भएको छ । वाग्लेले १३ हजार ७४९ मत प्राप्त गरेका छन् भने भट्टराईले ८ हजार ३६ मत ल्याएका छन्
एमालेका सर्वेन्द्र खनाल ४ हजार ३९५ मतसहित तेस्रो स्थानमा छन् ।







प्रतिक्रिया दिनुहोस्