ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचनमा बारा, चितवन र तनहुँ को अवस्था, पहिलो कसको कति मत ? अहिले के हुन्छ ?


ABC NEWS
बैशाख १०, २०८० आईतबार  ९ : २३ बजे

काठमाडौं १० बैशाख । उपनिर्वाचन हुने बारा २, चितवन २ र तनहुँ १ मा आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको तयारी पूरा भएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ । निर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार तीन निर्वाचन क्षेत्रमा ६५ उम्मेदवार मैदानमा छन् । मतदानका लागि एक सय ९४ मतदान स्थल र चार सय २७ मतदान केन्द व्यवस्थापन गरिएको छ ।

निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन आयोग दृढ संकल्पित छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास छ ।
आयोगले निर्वाचनलाई स्वतन्त्र र भयमुक्त हुने सुनिश्चिततासहित सुरक्षालगायत सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क मतदानको अधिकार उपयोग गर्न मतदातालाई अनुरोध गरेको छ । ‘निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन आयोग दृढ संकल्पित छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दछ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ, ‘उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको छ ।’

नौजना उम्मेदवार रहेको तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २२ जना उम्मेदवार रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी मानिएका छन् । बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, रास्वपाबाट पूर्वडिआइजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेलबीच प्रतिस्पर्धाको आकलन छ ।

चितवन २ मा यसअघि लामिछाने देशभरमै सबैभन्दा धेरै मतान्तरले निर्वाचित भएको क्षेत्र हो । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएका निर्वाचन क्षेत्र हुन् । यसअघि चुनाव जितेका क्षेत्रहरू भएकाले चितवनमा रास्वपा, तनहुँमा कांग्रेस र बारा जसपाका लागि परिणाम ल्याउनैपर्ने दबाबका कारण प्रतिष्ठाको निर्वाचन बनेको छ ।

आचारसंहिता कार्यान्वयनका लागि अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाई सूक्ष्म अनुगमनको व्यवस्थासमेत मिलाइएको आयोगले जनाएको छ । साथै, आयोगले निर्वाचन हुने क्षेत्रका लागि दशबुँदे विशेष निर्देशनसमेत दिएको छ । आयोगले सम्बन्धित जिल्लामा आवागमन र सवारीसाधन सञ्चालनका लागि स्थानीय प्रशासनलाई आवश्यक व्यवस्थान हुने जनाएको छ । मौसमी प्रतिकूलताबाट हुन सक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्तीसमेत गरिएको जनाइएको छ ।

उपनिर्वाचन पर्यवेक्षणका लागि ६ संस्थाले अनुमति पाएका छन् । अनुमति पाउनेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक०, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

किन हुँदै छ उपनिर्वाचन?


४ मंसिरमा रास्वपाबाट निर्वाचित रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलासँगै सांसद पद गुमेपछि चितवन २ मा उपनिर्वाचन हुँदै छ । तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो ।

४ मंसिरको निर्वाचन अंकगणित

चितवन २    

प्रत्यक्ष : रवि लामिछाने (रास्वपा) : ४९ हजार ३००, उमेश श्रेष्ठ (कांग्रेस) : १४ हजार ९८८, कृष्णभक्त पोखरेल (एमाले) : १४ हजार ६५२, रविन अधिकारी (राप्रपा) : ९५५, टेकबहादुर तामाङ (मंगोल नेसनल अर्गनाइजेसन) : २७७, अमृत तामाङ (हाम्रो नेपाली पार्टी) : १४९ मत र अन्य १० उम्मेदवारको १०० भन्दा कम मत

समानुपातिक : रास्वपा : ३५ हजार ९४५, एमाले : १६ हजार ७८४, कांग्रेस : १२ हजार १३२, माओवादी : ८ हजार ४०७,राप्रपा : ३ हजार २१८, एकीकृत समाजवादी : ६१६, मंगोल नेसनल अर्गनाइजेसन : ४५६, सुशासन पार्टीलगायत ४ दल : ३३०, माले : २२०, जनमत पार्टी : १५५, हाम्रो नेपाली पार्टी : १२६, नागरिक उन्मुक्ति : १२४, जनमोर्चा : १२२ र अन्य ३४ वटा पार्टीको १०० भन्दा कम मत

तनहुँ १    

प्रत्यक्ष : रामचन्द्र पौडेल (कांग्रेस) : २५ हजार ३६१, एकबहादुर रानामगर (एमाले) : १९ हजार ९८१, गोविन्दराज जोशी (स्वतन्त्र) : ६ हजार ८८६, विकास सिग्देल (रास्वपा) : ६ हजार ४४ र विनोदकुमार घर्ती (राप्रपा) : २ हजार ४८४ मत

समानुपातिक : कांग्रेस : २० हजार १५८, एमाले : १६ हजार ६८३, रास्वपा : १२ हजार ७७३, माओवादी : ७ हजार ३२६, राप्रपा : ३ हजार ५७७, एकीकृत समाजवादी : ९५० मत

बारा २    

प्रत्यक्ष : रामसहायप्रसाद यादव (जसपा) : १३ हजार ८२२, शिवचन्द्रप्रसाद कुसवाह (माओवादी) : १३ हजार ४६८, रामकिशोरप्रसाद यादव (स्वतन्त्र) : ११ हजार ४३, रवीन्द्रप्रसाद यादव (स्वतन्त्र) : १० हजार ७५०, अरुणकुमार ज्ञवाली (स्वतन्त्र) : ७ हजार ६९८, राजेश साह (जनमत) : २ हजार ७२५, तेजबहादुर भगत (नागरिक उन्मुक्ति) : १ हजार १११, अन्य १५ उम्मेदवार : ३ हजार १२५ मत

समानुपातिक : जसपा : १३ हजार २४२, कांग्रेस : ११ हजार १७९, एमाले : ९ हजार १९३, जनमत पार्टी : ८ हजार ८४६, लोसपा : ४ हजार २३५, नागरिक उन्मुक्ति : ३ हजार ७९४, माओवादी : ३ हजार २६५, नेपाल संघीय समाजवादी : २ हजार ३६६, एकीकृत समाजवादी : १ हजार ९९६, रास्वपा : १ हजार ४५५ र राप्रपा : ९९२ मत

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com