ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिस वर्ल्ड एम्बासडर मनोनित भइन् एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ


abc tv
बैशाख ९, २०८० शनिबार   ६ : ०२   बजे

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पुनम गुरुङ ‘मिस वर्ल्ड’ को एम्बासडर मनोनित भएकी छन्।

विश्ववापी रुपमै प्रतिष्ठित विश्व सुन्दरी प्रतियोगिता सञ्चालन गर्दै आएको संस्थाले उनलाई एम्बासडर मनोनित गरेको हो ।

मिस वर्ल्ड एम्बासाडरका रुपमा प्रतियोगिताको प्रतिष्ठा अभिवृद्धि र प्रवर्द्धनमा सहयोग पुर्‍याउनु आफ्नो प्रमुख दायित्व रहने पुनमले बताइन्।

‘मिस वर्ल्डजस्तो विश्व विख्यात संस्थाले मलाई सम्मानपूर्वक एम्बासाडरको जिम्मेवारी दिएकोमा गौरवान्वित छु’, उनले भनिन्, ‘ यो भूमिकालाई न्याय हुने गरी आफ्नो योगदान दिन म उत्सुक छु ।’

मिस वर्ल्ड एम्बासाडर मनोनित भएलगत्तै पुनमले मिस वेल्स सुन्दरी प्रतियोगिताको निर्णायकको जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन्। गतसाता वेल्समा सम्पन्न प्रतियोगितामा उनलाई मिस वर्ल्डले निर्णायक खटाएको हो।

मिस वेल्सकै इतिहासमा नेपाली मूलबाट निर्णायकको रुपमा भाग लिने पुनम पहिलो थिइन्। उनले भनिन्, ‘मेरो लागि मिस वर्ल्डको अनुभव निकै रमाइलो र सुखद रह्यो । मिस वर्ल्डसँग जोडिएपछि मेरो पहिलो इभेन्ट भएकाले यो अवसर थप अविस्मरणीय पनि बनेको छ ।’

यसअघि नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ ‘मिओड’ गत वर्षदेखि मिस वर्ल्डमा ‘को–औनर’ को रुपमा भित्रिएका थिए।

पुनमले आफूमाथि विश्वास गरेर एम्बासाडरको जिम्मेवारी दिने दीपेन्द्रसहित सिंगो मिस वर्ल्ड परिवारलाई धन्यवाद दिंदै सक्दो योगदान गर्न कोशिश् गर्ने बताएकी छन्।

एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम बेलायतको नेपाली समुदायकी प्रभावशाली महिला अभियन्ता मानिन्छिन् । पछिल्लो समय उनी यहाँको कञ्जरभेटिभ पार्टीमार्फत् राजनीतिमा पनि सक्रिय छन् । बेलायतकै ठूलो नेपाली संस्था तमुधिं यूकेको आमा समूहकी पनि उनी संस्थापक अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ग्रिन कार्ड नीतिमा ट्रम्प प्रशासनको नरम रूप: ठूला व्यवसायीको लबिङले काम गर्‍यो

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

दक्षिण कोरियाको स्थानीय निर्वाचनमा सत्तारुढ दलको शानदार जित

अमेरिका र इरानबीच गाडिएका आणविक सामग्री उत्खनन गरी नष्ट गर्ने सहमतिः राष्ट्रपति ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group