ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड र माधव नेपाल सस्तो मूल्यमा बिकेको ओलीको आरोप


ABC NEWS

 

काठमाडौं ९ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाएका छन्।

कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरुले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै विकार भएको टिप्पणी गरे।

 

उनले भने, ‘दुई तिहाई पुर्यायौं हामीले। पार्टी एकता गरेर। तर, टुप्पामा बस्ने नेताहरुलाई सहिसक्नु भएन र विके। यतिकै उनीहरुले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा बिके। केकस्तो मुल्य उहाँहरुलै जान्नुहोला। बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं। भित्रीकुरा उहाँहरुनै जान्नुहोला।’

उनले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान गरे।
उपनिर्वाचनको प्रससंगमा ओीले सत्तापक्षले धांदली गरेको आरोप लगाए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितालाई उल्लंघन गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । नेकपाको ७५ औं स्थापना दिवसको अवसरमा एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरूलाई लक्षित गर्दै उनले अरुलाई भोट खसाउन नदिने र बुथ कम्बजा गर्ने गरेको पनि आरोप लगाएका छन् ।

‘सरकारी हेलिकोप्टर लिएर गएर प्रलोभन बाँढ्ने काम गरे,’ उनले भने, ‘आचारसंहितालाई पिटपाट गरेर धुलो पिठो बनाएर अचार बनाइसकेका छन् । बुथ कब्जा गर्छन् केको आचारसंहिता ? अरुलाई भोट खसाउन दिँदैनन् केको आचारसंहिता रु मानिसलाई कुट्छन के आचारसंहिता ?’

ओलीले तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेका पिताको मोटरमा भएको तोडफोडको घटनामा पनि कारबाही नभएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

‘तनहुँमा एक जना उम्मेदवारका बुढा बाउको पार्किङमा राखिएको मोटरमा तोडफोड भयो । यो सत्ताको उन्माद हो रु केही कारबाही हुँदैन ?’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

पशुपतिको जलहरी प्रकरणको भ्रष्टाचार सम्वन्धी अभिव्यक्ति रेकर्डबाट हटाएकोमा शेखर कोइरालाको आपत्ति

सम्बन्धित

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

पशुपतिको जलहरी प्रकरणको भ्रष्टाचार सम्वन्धी अभिव्यक्ति रेकर्डबाट हटाएकोमा शेखर कोइरालाको आपत्ति

रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद् बैठकको राष्ट्रपतिसमक्ष सिफारिस

प्रधानमन्त्रीको भारत भ्रमण टोली सानो एजेण्डामा ऊर्जादेखि देखि मल मल कारखाना

साइकलवाला पत्रकार बनेपछि फुर्ति नै अर्को भयो – वरिष्ठ पत्रकार भैरव रिसाल (भिडियो)

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्तको बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com