ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई करोड ३३ लाख मूल्य बराबरको कोकिनसहित दुई विदेशी नागरिक पक्राउ


एबीसी / संवाददाता
बैशाख ८, २०८० शुक्रबार  ६ : ३१ बजे

काठमाडौँ, ८ वैशाख । नेपाल प्रहरीले लागुऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले एक किलोग्राम ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीय पिलिसिला वान्जा एन्ड्रिटु रहेका छन् ।

ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गरी दुवै जनालाई ठमेलको छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले खैरो रङको झोलाभित्र फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा एक किलोग्राम ८० ग्राम कोकिनसहित पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकी केन्याकी नागरिक एन्ड्रिटुसँग एक हजार अमेरिकी डलरसमेत बरामद गरेको प्रहरी उपरीक्षक जोशीले बताए । पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

बरामद भएको कोकिनको अन्दाजी बजार मूल्य दुई करोड ३३ लाख २८ हजार रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com