ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपविरुद्धको मुद्दामा चिकित्सक र क्रिकेटरको पनि बकपत्र सकियो


ABC NEWS

काठमाडौं ६ बैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको पनि बकपत्र गराइएको छ।

जिल्ला अदालत काठमाडौंले बुधबार दुवै जनाको बकपत्र गराएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।

यससँगै अब भने मुद्दाको फैसलाका लागि अन्तिम सुनुवाइ हुने भएको छ। अन्तिम सुनुवाइका लागि आगामी सोमबारका लागि पेसी तोकिएको छ।

यससँगै अब भने मुद्दाको फैसलाका लागि अन्तिम सुनुवाई हुने भएको छ। अन्तिम सुनुवाईका लागि आगामी सोमबार पेशी तोकिएको छ।
यसअघि नै अन्तिम सुनुवाईका लागि पेशी तोकिएको भएपनि मेडिकल गर्ने टिमका अर्कै डाक्टरको बकपत्रलाई किशोरी पक्षले नमानेर अर्कै मुख्य डाक्टरको बकपत्र गराउन निवेदन दिएका थिए। यस्तै क्रिकेटर साहब आलमको पनि बकपत्र गराइएको हो।

उनीहरु दुवै जनाको बकपत्र बुधबार गराइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा आज बकपत्र सकिएको छ।

यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डाक्टर र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो।

एक किशोरीले सन्दीपविरुद्ध बलात्कारको आरोपमा भदौ २१ गते गौशला बृत्तमा जाहेरी दिएकी थिइन्। असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्हरीले मुद्दाको अनुसन्धान गरेको थियो।

कात्तिक २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश सरोजकृष्ण घिमिरे घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उनको आदेश उच्च अदालत ९पाटन०ले बदर गरेपछि सन्दीप २० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

सर्वोच्च अदालतले पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न नपर्ने उच्चको आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध पनि फुकुवा गराएको थियो।

थुनामुक्त भएपछि राष्ट्रिय टोलिबाट सन्दीपले नियमित क्रिकेट खेल्दै आएका छन्। अहिले एसीसी प्रिमियर कप चलिरहेको छ। घरेलु मैदानमा १० देश सम्मिलित प्रतियोगिता चलिरहेकै अवस्थामा उनीविरुद्धको मुद्दाको अन्तिम फैसला हुने भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com