काठमाडौं १ साउन । प्रहरीले थाइल्याण्ड लैजान लागेको अवैध लागू औषध पाच किलो चरेशसहित २ जना नेपाली नागरिक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ दार्खाका ३६ वर्षीय रविनकुमार गुरुङ र ३० वर्षीय कुमारसिंह तामाङ रहेका छन् ।
नेपाल प्रहरीको लागू औंषध ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पक्राउ पर्नेमध्ये कुमारलाई शुक्रबार बिहान नौं बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्ड जादै गरेको अवस्थामा चेकजा“च गर्दा ५ किलो चरेशसहित पक्राउ गरिएको जानकारी दिएको छ ।
पक्राउ परेका कुमारले दिएको बयानको आधारमा सोही दिन मुख्य रविनलाई पनि पक्राउ गरी नियन्त्रणमा लिइएको ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धीरु बस्नेतले जानकारी दिनुभयो ।
रविन मुख्य अभियुक्त भएको पाइएको र उनकै निर्देशनमा कुमारले सुटकेशमा राखेर थाइल्याण्ड लैजान लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्त कुमारको साथबाट ८ सय अमेरिकी डलर, निजको नाममा रहेको राहदानी १ थान र हवाई टिकटसमेत बरामद गरेको छ ।
अभियुक्तहरु यसअघि पनि लागू औषध कारोबारमा संलग्न रहेको पाइएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अभियुक्तहरुले इन्डोनेसियामा पनि लागू औषध कारोबार गर्ने गरेको बुझिएको वरिष्ठ प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्