जनकपुर १ साउन ।
जनकपुरमा पनि आंशिक प्राध्यापकहरुले सरकारसँग स्थायी गर्न माग गर्दै विरोध प्रर्दशन सुरु गरेका छन ।
रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका प्राध्यापकहरुले स्थायी गर्नुपर्ने आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन क्याम्पस प्रमुखको कार्यकक्ष अगाढि धर्ना दिन सुरु गरेका हुन ।
११ वर्षदेखि सेवा गर्दै आउँदा समेत पनि स्थायी नगरेपछि सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको आंशिक प्राध्यापक संघ, धनुषाका अध्यक्ष इन्द्रदेव यादवले जानकारी दिनु भयो ।
अध्यक्ष यादवले विधि र प्रक्रिया पु¥याएर आफूहरुलाई तत्काल स्थायी गर्न पनि सरकारसँग पुन माग गर्नु भयो ।
धनुषाका आंशिक प्राध्यापकहरुले सरकारले आफूहरुको कामको उचित मूल्यांकन गर्न नसकेको गुनासो पनि गरेका छन ।
जनकपुरको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसनमा मात्रै करिब ६५ जना प्राध्यापकहरु आंशीक रुपमा कार्यरत रहेका छन ।
उनीहरुले स्थायी गर्न सरकारलाई दवाव दिँदै आन्दोलन सुरु गरेपछि क्याम्पसको पठनपाठननै प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्