ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहट गोली काण्ड : घटनामा संलग्न भएको आरोपमा १६ जना पक्राउ (अपडेट)


एबीसी / संवाददाता
बैशाख ३, २०८० आईतबार  ९ : ४० बजे

काठमाडौँ, ३ वैशाख । गढीमाई नगरपालिका–८ धोबिनियामा शनिबार एक जनाको ज्यान जानेगरी भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ ।

धोबिनियामा शनिबार बाटो विस्तार गर्ने क्रममा भएको विवादमा गोली चल्दा स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । गोली लागेर गम्भीर घाइते यादवको वीरगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव अहिले पनि अस्पतालमै राखिएको छ । आफन्तले शव बुझेका छैनन् ।

घटनामा संलग्न भएको आशंकामा गएराति सम्ममा गाउँका १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकर यादवले जानकारी दिए ।

दुई पक्षबीच भएको झडपको क्रममा ४ जना घाइते भएका छन् । डिएसपी यादवका अनुसार घाइतेमध्ये दुई जनालाई गोलीको छर्रा लागेको छ भने दुई जनाको टाउको फुटेको छ । निरन्जन राय यादव र प्रताप यादवलाई गोली लागेको छ । यस्तै, कपिलदेव राय यादव र अर्का एकजनाको टाउको फुटेको छ ।

  • रौतहट गोली काण्ड : एकको मृत्यु, बन्दुकसहित ९ जना नियन्त्रणमा

गोली लागेकामध्ये निरन्जनको अवस्था गम्भीर रहेको डिएसपी यादवले जानकारी दिए । घाइते चारैजनाको रौतहटकै गरूढास्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

एकजनाको मृत्य र ४ जना घाइते हुनेगरी भएको गोली काण्डपछि धोबिनियामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

बाटो विस्तार गर्ने क्रममा सडक वारिपारिका रामईश्वर राय र राजकुमार यादव पक्षबीच विवाद हुँदै आएको थियो । दुवै पक्षले आफ्नो जग्गा बाटोमा पर्न नहुने भन्दै विगत केही दिनदेखि विवाद गर्दै आएका थिए ।

दुई पक्षबीच विवाद बढेपछि शनिबार दिउँसो १ बजे इलाका प्रहरी गरूडाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान नेतृत्वको टोली घटनास्थल पुगेर दुवै पक्षलाई सम्झाइबुझाई गरेर फर्किएको थियो ।

प्रहरी फर्किएको २ घन्टापछि (दिउँसो करिब ३ बजे) नै गोली प्रहारसहितको घटना भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको डिएसपी यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com