ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शो नपाएपछि २ दिनमै हलबाट फिर्ता लिइयो ‘बुलाकी’


एबीसी / संवाददाता
बैशाख ३, २०८० आईतबार  ८ : २६ बजे

काठमाडौँ, ३ वैशाख । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलाकीलाई निर्माण टिमले हलबाट निकाल्ने घोषणा गरेको छ । दर्शकबाट राम्रो प्रतिक्रिया पाए पनि घेराबन्दीमा पारेर निर्माता डुबाउने खेल गरिएको भन्दै फिल्मलाई हलबाट निकाल्ने निर्णय गरिएको कलाकार तथा निर्माता विराज विष्टले जनाएका छन् ।

उनका अनुसार आइतबारदेखि नै फिल्मलाई हलबाट फिर्ता लिने निर्णय निर्माण पक्षले गरेको छ । उनले फिल्मलाई हलबाट निकाल्नुका ६ कारण पनि उल्लेख गरेका छन् ।

दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यवसायीले गरेको अपहेलना, प्राप्त सबै शोज अफटाइममा, मोफसलका मुख्य स्टेसनमा १ शो पनि उपलब्ध नगराएको, प्रायः सबै शो बिहान मात्रै दिएको, दोस्रो दिनबाटै ७०५ शो कटौती गरेको र अग्रिम बुकिङमै न्यून शोज उपलब्ध गराएको आरोप उनले लगाएका छन् ।

उनले अब फिल्मलाई हलबाट निकालेर प्रोजेक्टरबाट चोकचौतारामा देखाउने घोषणा गरेका छन् ।

“ अब हाम्रो चलचित्र दर्शकको माग अनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने छौँ,” उनले भनेका छन्, “यसैपनि काठमाडौँले अबहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौँ रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यबहार दोहोर्‍याएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com