ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७९ सालमै नेपालमा दलीय व्यवस्थामाथि नै प्रश्नचिन्ह लगाउने काम भयो (भिडियोसहित)


abc

वि.स. २०७९ बिदा हामीबाट विदा भएको छ । २०७९ का अरू कुनै बिहान यो धरतीमा फेरि आउने छैनन् । अर्थात्, विक्रम संवत् २०७९ हामीबाट सदाका लागि बिदा भएको छ । २०७९ बिदा हुदै गर्दा यतिबेला यसको वर्ष–मूल्यांकन भएको छ । वर्षभरि विविध क्षेत्रमा भएका सकारात्मक एवं नकारात्मक पक्षको सांगोपांगो लेखाजोखा गर्ने यो एक किसिमको सनातनी नै हो । अर्को शब्दमा भन्दा २०७९ साल इतिहासमा कसरी उल्लेख हुन्छ, त्यसका लागि गरिने यो एक किसिमको इतिहासको टिपोट नै हो । २०७९ साल इतिहासमा केही चुनिदा घटनामार्फत सम्झिने हो ।

त्यस्ता घटनाको सूची बनाउदा स्थानीय निर्वाचन र संसदीय तथा प्रदेशका आवधिक निर्वाचनलाई शीर्षपंक्तिमा राख्नुपर्ने हुन्छ । पाच वर्षअघि आफूले अनुमोदन गरेका दलको मैमहत्तावादलाई साइजमा ल्याउन जनताले राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीजस्ता नया पार्टीलाई विकल्पका रूपमा उभ्याए। यसअघिको सानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ठूलो बनाई दिएका छन् । त्यतिमात्र गरेनन्, पहिलो पार्टी एमालेलाई दोस्रो र यसअघि दोस्रो भएको पार्टी कांग्रेसलाई अंकगिणतमा पहिलो पार्टी बनाइदिए । माओवादी तेस्रो स्थानमा याथवाथ रहेपनि कमजोर बनाइदिए । जनताले यो अंकगणितमा कुनै पनि पार्टी र चुनावी गठबन्धनलाई बहुमत नदिएर त्रिशंकु संसद् बनाइदिए । एक किसिमले भन्ने हो भने यसअघिको आम निर्वाचनमा स्थिरताका लागि मतदान गरेका जनताले यसपटक अस्थिरताका लागि मतदान गरे । त्यसका प्रष्ट संकेत नयाँ संसद्को मधुमासमै देखिसकिएको छ । यो क्रम संसद्को पूरा कार्यकालभरि नै अरू जटिल हुदै अगाडि बढ्ने छ वा बीचमै संसद् भंग हुने अवस्था पनि आउन सक्ने छ । यसबारेमा अहिले नै यसै भन्न सकिने छैन । जे भएपनि यसबाट मुलुकमा राजनीतिक अस्थिरता अरू बढ्ने छ । यो अस्थिरताले मुलुकको सार्वभौमिकता कमजोर हुने छ, छिमेकीलगायतका शक्ति राष्ट्रहरूको डंका बज्ने छ ।

२०७९ सालमै नेपालमा दलीय व्यवस्थामाथि नै प्रश्नचिन्ह लगाउने काम पनि भयो । खासगरी स्थानीय निर्वाचनमा केही सहरी जनता स्वतन्त्र उम्मेदवारको पक्षमा उभिए । राजधानी काठमाडौँलगायत पूर्वको धरान र सुदूरपश्चिमको धनगढीजस्ता महत्वपूर्ण सहरका मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । एक किसिमको आवेगले सिर्जना गरेको यो परिस्थितिका कारण आज ती सहर अभिभावकविहीनजस्तै भएका छन् । दलीय मूल्य, मान्यताबिनाका स्वतन्त्र मेयरको लोकरिझ्याइँ र मनोमानीले गर्दा तिनीहरू मूलधारबाट एक्लिएका छन् । आफूले विकल्पका लागि रोजेका मेयरहरू अपेक्षाअनुसार खह्रो उत्रन नसक्दा उनीहरूप्रति वितृष्णा बढेको छ भने मेयरहरूमा दिक्दारी र मनोमानी बढेको देखिन्छ । वास्तवमा दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार विकल्प नै होइन । संविधानदेखि सारा विधि–विधान, प्रणाली र प्रक्रिया दलीय हुने अनि कुनै एक निकायको नेतृत्वमा दलविहीनलाई पुयाएर सारा समस्याको समाधान खोज्ने, यो भनेको ‘टाउको दुखेको दबाई नाइटामा लगाई’ जस्तै भएको छ । वर्ष २०७९ मै प्रभावशालीरूपमा नेपाली राजनीतिमा उदाएका रवि लामिछाने यही वर्ष अप्रत्यासितरूपमा गृह मन्त्रालयको बागडोरसहित उपप्रधानमन्त्री भए । ४२ दिनपछि उनकै भाषामा अनागरिक हुदा उनले धेरै गुमाएर नाटकीय रूपमा सडकमा पुगे ।

संसद्को चौथो ठूलो दलका सभापति अझै पनि अनेकखाले पर्दा हालेको जीवन बाँचिरहेका छन् र कुनै पनि बेला पर्दाफास हुदा नांगेझार हुने अवस्थामा पुग्नेछन् । अहिले उनी सत्तासग सौदाबाजी गरेर दोहोरो राहदानीको मुद्दा सरकारीस्तरमा मुल्तबीमा राख्न सफल भएका छन् । अदालतमा यो मुद्दा जारी भएकाले कुनै पनि बेला गम्भीर समस्यामा पर्ने सम्भावना ज्यूकात्यू छ । बालेन शाह, हर्क साम्पाङहरू पनि नेपालको मूलधारे राजनीतिका सानातिना थुम्के समस्या नै हुन् । दलीय व्यवस्थाको मेसिनमा फिट नहुने यी निर्दलीय पूर्जाहरू लोकरिझ्याइँका लागि धेरै तलसम्म गिर्ने भएकाले समस्या सिर्जना हुने हो । तर दलिय नेताहरुको नेतृत्वको गुणस्तर जाच्ने अभिभारा साल २०८० लाई छाड्दै विभिन्न राजनैतिक अन्योलका बिच साल २०७९ हामीबाट बिदा भएको । अहिले हामी विक्रम सम्बत २०८० लाई स्वागत र २०७९ लाई विदा गर्ने तरखरमा छौं । अन्य क्षेत्र झैं खेल जगत पनि वर्ष २०७९ बाट विदा हुंदैछ । प्रसंग बिदा हुन लागेको बर्ष २०७९ मा सम्पन्न प्रमुख राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधिको हो ।वर्ष २०७९ मा विश्व खेल जगतमा अनगिन्ती खेलकुद प्रतियोगिताहरु सम्पन्न भए ।

तीमध्ये कतिपयमा नेपालले सम्झन र बिर्सनलायक दुवैखाले प्रदर्शन गरे । कतिपय प्रतियोगिताले विश्वभरका अधिकांश खेलप्रेमीहरुको ध्यान आकृष्ट पार्न सफल भए भने केहीले राष्ट्रिय खेलकुदको स्तरलाई उकास्न पनि मद्दत गरे । वर्ष २०७९ मा नेपाली खेलकुद सफलता र असफलताले मिश्रित रह्यो । कोरोना महामारीको असर कम हुँदै जाँदा वर्ष २०७९ को सुरुवातदेखि नै खेलकुद गतिविधिले तीव्रता पाएको थियो । गैरव्यावसायिक खेल गतिविधि हुने नेपालमा अधिकांश खेलहरु सरकारी कार्यक्रममा निर्भर छन् । सरकारले बजेट दिए वा कार्यक्रम दिए यिनीहरु चलायमान हुन्छन्, नत्र चुपचाप बस्नुपर्छ । अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि नेपालमा सबैभन्दा लोकप्रिय दुई खेल फुटबल र क्रिकेट गतिविधि नै धेरै चर्चामा रहे । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद १७२ स्वर्णसहित त्रिभुवन आर्मी क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भयो । इतिहासकै खँस्कदो अर्थतन्त्रका कारण ०७९ साल सुखद रहेन । विदेशी मुद्रा सञ्चिति दबाबमा रहेकाले वर्षको सुरुदेखि नै नेपालको अर्थतन्त्र पनि श्रीलंकाजस्तै संकटमा जाने ठूलो त्रासमै वित्यो ।

यद्यपि २०७९ सालको अन्त्यमा विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, रेमिट्यान्सलगायत बाह्य सूचकमा सुधार आएको छ । तर आन्तरिक अर्थतन्त्रमा देखिएको मन्दीले झनै संकटको संकेत देखाएको छ ।नेपालको लागि भने वर्ष २०७९ आर्थिक रुपमा मात्र नभएर अन्य हिसावले पनि अलिक पीडादायी वर्ष नै भयो । माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानमा सवार ७२ जनाको मृत्यु भयो । हवाइ उड्डयनका हिसाबले वर्ष २०७९ असाध्यै असुरक्षित वर्ष रह्यो, वर्षको सुरुवात ताका नै मुस्तागंमा तारा एयरलाइन्सको विमान खसेको थियो । बेलाबखतमा बिमानहरुमा समस्या, फोर्स ल्यान्डींग लगायत चैत्र महिनामा मात्रै पनि दुई वटा हेलिकप्टर दुर्घटनाका खबर सुनिए । यद्धपि यी हेलिकप्टर दुर्घटनामा भने मानवीय क्षति चाहिँ हुन पाएन । नेपाली परिपक्ष्यमा कुरा गर्ने हो भनेँ चाहि वर्ष २०७९ एउटा शक्तिको श्रोत परिवर्तन र रूपान्तरणको सुरुवाती वर्षका रूपमा लिन सकिन्छ ।

वर्ष २०७९ ले सुरु गरेको राजनैतिक विचारधाराको नयाँ धारले आगामी वर्षहरूमा नया चेतनाको जागृति गर्ने विश्वास गरिएको छ । वर्ष २०७९ मा नेपालमा निर्वाचनका श्रृखलाहरु भए । नेपाली प्रजातान्त्रिक इतिहासमा दलहरू भन्दा माथि उठेर व्यक्ति र विचारले स्वतन्त्र समर्थन पाएको यतिको ठुलो रूपान्तरण अहिलेसम्म भएको थिएन । वर्ष २०७९ मा नेपालले नयँ राष्ट्रपति र उपराष्ट्रपति पायो । निर्वाचनका श्रृखला भए अनि केही नया र केही पुराना अनुहारहरु सडक र संसदमा देखिइरहे । २०७९ जति सुकै पीडा दायिक भएपनि २०८० एउटा प्रिय कामनाचाहिँ गर्नैपर्छ, त्यो के हो भने परिस्थितिले नाटकीय मोड लिओस्, नेपाल समृद्ध र नेपाली सुखी हुने बाटोतिर मोडियोस् । घरदेशमा समृद्धि छायो र सुखका दिन आए भने स्वभावतः परदेशमा बस्ने नेपालीले पनि सत्यम्, शिवम्, सुन्दरमको अनुभूति गर्न पाउनेछन् । वर्ष २०७९ अनेक आरोह अवरोहका बिच बिदा भएपनि २०८० मा सबैलाई मङ्गल हुनेछ भन्ने कामना गरौं,

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

सम्बन्धित

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

LIVE : बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा बहस

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा मृत भेटिए

माओवादीबाट हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन

उडिरहेको श्री एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपछि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com