काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठको सांसद पद र साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको छ । आज बुधवार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा पर्नुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्