ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अडियो प्रकरण : पत्रकार सम्मेलनमै चिप्लिए ढाकाकुमार


एबीसी न्यूज
चैत्र २९, २०७९ बुधबार  ७ : ३८ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको निलम्बनमा परेको ढाकाकुमार श्रेष्ठ पत्रकार सम्मेलनकै क्रममा दुईथरी कुरा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका उनले सुरुमा आफ्नो अडियो नक्कली भएको बताए । तर, बोल्दै जाँदा उनले जनावरीरफेब्रुअरीमा भएको अडियो कुराकानी अहिले ल्याएर हालिएको भन्दै चिप्लिन पुगे ।
‘यो अडियो खासगरी अहिले जसले पनि जहाँपनि र जसरी पनि बनाउन सकिने एउटा मिडिया हो । इडिटिङ गर्न सकिन्छ । मेरो अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर पनि, इडिटिङ गराएर पनि बाहिर ल्याउन सकिन्छ । यो अडियो खास अथेन्टिक होइन । ह्वाट्स एपमा कुरा गरेको भनिएको छ । मेरा कुराहरु कहाँकहाँबाट जोडिएर अहिले यसरी मिडयामा आएको छ । यो प्रति म खेद प्रकट गर्न चाहन्छु’, पत्रकार सम्मेलनमा आफूलाई निर्दोष देखाउने प्रयास गर्दै उनले भने ।

तर, उनले बोल्दैजाँदा चिप्लिएर जनावरीरफेब्रुअरीको अडियो चुनावको मुखमा ल्याइएको भन्दै आफ्नै प्रष्टीकरणलाई खण्डन गर्ने काम गरे । उनले भने, ‘ यो अडियो केही पनि होइन । यो फसाइएको हो । सुनियोजित हो । जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरेको हो । ’

पत्रकार सम्मेलनमा उनको भनाइको सम्पादित सारः

सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु तथा मेरा शुभचिन्तकहरुमा नमन र नमस्कार,
मसँग जोडिएको अडियो अहिले भाइरल भइरहेको छ । त्यसले गर्दा पार्टी, उपनिर्वाचन र म आफ्नै मान प्रतिष्ठा र सबैलाई घात परेको हुनाले त्यसप्रति क्षमाप्रार्थी छु ।

यो अडियो खासगरी अहिले जसले पनि जहाँपनि र जसरी पनि बनाउन सकिने एउटा मिडिया हो । इडिटिङ गर्न सकिन्छ । मेरो अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर, इडिटिङ गराएर पनि बाहिर ल्याउन सकिन्छ । यो अडियो खास अथेन्टिक होइन । ह्वाट्स एपमा कुरा गरेको भनिएको छ । मेरा कुराहरु कहाँकहाँबाट जोडिएर अहिले यसरी मिडयामा आएको छ । योप्रति म खेद प्रकट गर्न चाहन्छु ।

म निलम्बित भएको पार्टीको एउटा सदस्य पनि हो । पार्टीले मलाई अनुसन्धान गर्नका लागि थालेको निलम्बनको प्रक्रियालाई मैले स्वागतयोग्य ठानेको छु । म हिजोबाट नै न्यायालय गइसकेको छु । मेरा शुभचिन्तक महानुभावहरु, तपाईँहरु निश्चिन्न हुनुहोला– म केही समयमा न्यायालयमा मेरा सम्पूर्ण कुराहरु प्रष्ट पारेर क्लिन चिट ल्याएर तपाईँहरुमाझ फेरि यसैगरी एउटा प्रेस मिट गर्नेछु । त्यतिन्जेलका लागि धैर्यधारण गर्नुहोला ।

मेरो कारणले पार्टीलाई उपनिर्वाचनमा जुन अफ्ठ्यारो स्थिति परेको छ । त्यसप्रति म क्षमाप्रार्थी छु । र, सम्पूर्ण आमाबुबा, दाजुभाइ दिदीबहिनीहरुले उपनिर्वाचनमा हाम्रा तीन क्षेत्रका उम्मेदवारलाई यो अडियोलाई ध्यानमा नराखिकन।।। यो अडियो केही पनि होइन । यो फसाइएको हो । सुनियोजित हो । जनवरीरफेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरेको हो ।

यो चाहिँ पार्टीको तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई हराउन खोजिएको सुनियोजित योजना हो । त्यसले गर्दाखेरी सम्पूर्ण महानुभाव, दाजुभाइ, दिदीबहिनीहरु र शुभचिन्तकहरु जसले पार्टीलाई राम्रो मान्नु भएको छ–सम्पूर्ण महानुभावले भोट दिएर तीन वटै निर्वाचन क्षेत्रका हाम्रा लिडरहरुलाई जिताइदिनु होला । अब क्लिन चिट पाएपछि म फेरि यसरी नै भेट्ने छु, नमस्कार १

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

सम्बन्धित

कांग्रेस आन्तरिक राजनीति तातियो, शीर्ष नेताहरू छुट्टाछुट्टै रणनीतिमा केन्द्रित

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

आर्थिक स्थितिपत्रको कडा संकेत: बजेट प्रणाली असफलताप्रति सरकार स्वयंको स्वीकारोक्ति

विलासिताको कर घटाउने माग र यथार्थ बजेट बहसबीच अर्थतन्त्र सुधारको दबाब

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com