ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्होटेंमा चिउली पाचे प्रथम, डढुवा दुर्छा द्वितीय, फुलवारी तेस्रो


एबीसी / संवाददाता

पोखरा, २९ चैत्र । ‘राष्ट्रिय संस्कृति संरक्षण गरौँ, ट्होटें पर्व भव्यताका साथ मनाऔँ’ भन्ने मूल नाराका साथ तमु सामुदायले तमु धिं नेपालको आयोजनामा पोखरामा चैत्र महिनाको अन्तिम मंगलबार ट्होटें पर्व मनाएका छन् ।

साउन र चैत महिनाको अन्तिम मंगलबार, वर्षमा दुई पटक तमु धिंको आयोजना ट्होटे मनाउने गरिएकोछ । ऐतिहासिक, तमु सभ्यता र संस्कृति एवम सद्भावको ट्होटें पर्व पोखरा रंगशालाबाट तमु भेषभुषा, बाजागाजा, झाँकीसहित सांस्कृतिक बृहत् प्रदर्शनसहित लखनचोक, नयाँबजार हुँदै तमु धिं नेपालमा विशेष समारोह मनाएको हो ।

समारोहको प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा ९ नयाँबजार स्थित तमु धिं नेपालको प्राङगणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै ट्होटें पर्वको शुभकामना व्यक्त गरे । उनले यश क्षेत्रको आदिवासी जनजाति तमुहरुलाई राज्यले मात्रै नभई यहाँको भूमि माटोले सम्मान गर्नुपर्छ त्यसैले पोखरा महानरपालिकाले आगामी दिनदेखि वार्षिक क्यालेण्डर अर्थात रातो किताबमै योजना समावेस गरी सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले गण्डकी प्रदेसमा तमुहरुको सम्मान हुनुपर्ने बताउँदै दुई वटा ट्होटेंमध्ये एउटा ट्होटेंमा महानगरले सहकार्य गर्ने र हरेक सुख दुःखमा पोखरा महानगर साथमा रहेको बताए । मुलुकका सबै सामुदायको संस्कार संस्कृति जोगाउने दायित्व राज्यको भएकाले पनि राज्यले साथ, सहयोग र सहकार्यमा गर्दै जाने प्रमुख आचार्यले बताए ।

कार्यक्रममा तमु धिं नेपालको संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्दै ट्होटें पर्व एकता, सद्भाव एवम् तमुहरुको इतिहास बोकेको पर्व भएको बताए ।

नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा, संस्कार, संस्कृति जोगाउनुका साथै शिक्षालाई पनि जोड दिनुपर्ने बताए । शिक्षामा जोड दिन सके, सरकारका विभिन्न क्षेत्रमा पुग्न सकिने र विदेश पलायन हुन रोकिने विश्वास उनको थियो । कार्यक्रमले कुसंस्कार, गरिबी र अशिक्षा भगाउने विश्वाससमेत लिएको पालिखेको भनाइ थियो ।

८१ वर्षीय तेज बहादुर गुरुङले शुभकामना व्यक्त गर्दै तमुहरुको पहिचान र तमुवानका बारेमा भनाइ राख्नुका साथै गीतसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अवसरमा रंगशाला गेटदेखि निकालिएको झाँकीहरुमा प्रथम हुन सफल भएका चिउली पाचे तमु समाज नगद ३० हजार रुपैयाँ, द्वितीय स्थान हासिल गर्न सफल भएका डडुवा दुर्छा लम्जुङ समाज नगद २० हजार रुपैयाँ र तृतीय प्राप्त गरेको फुलबारी तमु समाज १५ हजार रुपैयाँसहित प्रमाण पत्र र ट्रफिबाट पुरस्कृत भएका छन् । विशेष पुरस्कार १० हजार रुपैयाँसहित प्रमाणपत्र श्री ब्रेज मेस्रो घान्द्रुक तमु समाजले हात पारेका छन् ।

त्यसैगरी सान्त्वना हुने समाजहरु बगर तमु समाज, शान्ति रुपा बराहथोक तमु समाज, ताङतिङ दुध पोखरी तमु समाज र मिलिजुली विजयपुर तमु समाज सान्त्वना स्थान प्राप्त गरी ५–५ हजार र प्रमाण पत्रले पुरस्कृत भएका छन् ।

उक्त अवसरमा विभिन्न समुदायको संघसंस्थामा नव निवार्चित पदाधिकारी तथा सदस्यहरु घलेक र फेटा र भांग्राबाट सम्मानित भएका छन् । सम्मानित हुनेमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सचिव हुम बहादुर तमु, तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय उपाध्यक्ष खिमा गुरुङ, सदस्यद्वय सुवेदार इन्द्र बहादुर तमु र किरण तमु रहेका छन् ।

त्यसैगरी, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापामगर, नेपाल घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर तामाङ साम्मानित भएका छन् । कार्यक्रममा तमु गुरुङ कलाकार सघ नेपाल गण्डकी प्रदेशका कलाकारहरु, चिउली पाचे तमु समाज, तनहु तमु समाज, कोल्माबहाकोट तमु समाजलगायतको विशेष प्रस्तुति रहएको थियो ।

कार्यक्रमलाई सफल बनाउन पोखरा महानगरपालिका, पोखरा फाइनान्स, युवा व्यवसायी किरण केसी, जंगबहादुर गुरुङ लालकुमारी गुरुङ ट्होटें अक्षयकोष, तमु धिं युके, धम्पुस भाइ खलकको सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com