ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत


एबीसी / संवाददाता
चैत्र २८, २०७९ मंगलबार   ८ : ४४   बजे

काठमाडौँ, २८ चैत । अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यापारमा केन्द्रित हुँदै गएको नेपालको निजी क्षेत्रको लगानी उत्पादनमुखी क्षेत्र र उद्योगमा जानुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभामा अर्थमन्त्री महतले उत्पादनका क्षेत्रमा लगानी केन्द्रित हुन नसके मुलुकको अर्थतन्त्रको अवस्था सुधार हुन नसक्ने बताएका हुन् ।

“निजी क्षेत्रले व्यापारमा मात्रै जान खोज्ने जुन परम्परा छ, अब लगानी उत्पादन क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ । लगानीको वातावरण सहज बनाउनका लागि सबै खालका प्रयास सरकारबाट हुन्छन् । उत्पादन बढाउनतर्फ हामी सबैले सोचौँ”, उनले भने ।

अहिले अर्थतन्त्रमा समस्या देखिनुमा कुनै एक पक्ष मात्र जिम्मेवार नभई सबैतिर समस्या रहेको उनले बताए । “समस्या सबैतिर छ । निजी, राजनीतिक, प्रशासनिक क्षेत्र सबैतिर कमीकमजोरी छन् । यसलाई स्वीकार्न कुनै हिचकिचाहट गर्नुहुँदैन”, अर्थमन्त्री महतले भने, “चालु आर्थिक वर्षको नौ महिना बितिसक्यो, अहिले बल्ल ठेक्का प्रक्रिया अघि बढिरहेका छन् । हाम्रो प्रभावकारिता र पारदर्शिता बढ्न जरुरी छ ।”

अर्थतन्त्रमा परेको अहिलेको दबाब र अप्ठयारोलाई सरकारले गम्भीरताका साथ लिएको उनको दाबी छ । तर खराब सूचकहरुलाई मात्रै हेरेर निराश हुनुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे । “हामी समग्रमा एकदमै निराश हुनुपर्ने कारण छैन । बाह्य सञ्चिति राम्रो छ । विदेशमा गएका हाम्रा युवाहरुको योगदान र रेमिट्यान्सले गर्दा बाह्य क्षेत्र सहज अवस्थामा छ । औसत अंकको आर्थिक वृद्धि हासिल गर्नसक्ने अवस्थामा हामी छौँ”, अर्थमन्त्री महतले भने ।

विश्व बैंक, एसियाली विकास बैंकजस्ता निकायहरुले गरेको प्रक्षेपणमा नेपालले यस वर्ष चार दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेकामा यसलाई सुखद मान्न सकिने उनको भनाइ छ । विश्वका अरू धेरै देशहरुले त्यो अंकको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने अवस्था नरहँदा नेपालले चार प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल गर्नसक्ने अवस्था रहनु सकारात्मक रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय परिस्थिति सुध्रिँदा र युद्धको अवस्था नरहँदा नेपालले यसमा थप प्रगति गर्नसक्ने पनि अर्थमन्त्री महतले बताए ।

सरकारले अल्प, मध्यम र दीर्घकालीन योजना बनाएर अर्थतन्त्र सुधारको प्रयास गरिरहेको पनि अर्थमन्त्री महतको दाबी छ । अल्पकालीन सुधारका रुपमा सरकारको सम्पूर्ण ध्यान चालुगत शीर्षकको अनावश्यक खर्च नियन्त्रण र पुँजीगत खर्च वृद्धितर्फ जाने उनले उल्लेख गरे ।

त्यस्तै, अनावश्यक खर्र्च निर्ममतापूर्वक कम गर्न सरकार लागिपरेको उनको भनाइ छ । चालु शीर्षकका तलब भत्ता, सामाजिक सुरक्षालगायतका अनिवार्य दायित्व सिर्जना भइसकेका क्षेत्रमा खर्च कटौती गर्न नसके पनि अरू शीर्षकमा मितव्ययिता कायम गर्ने उनले बताए ।

अर्थतन्त्र चलायमान बनाउनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने र सरकारले यसमा सहजकर्ताको भूमिका मात्रै खेल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group