ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत


एबीसी न्यूज

काठमाडौं, २८ चैत । अर्थमन्त्री डा प्रकाशशरण महतले व्यापारमा केन्द्रित हुँदै गएको नेपालको निजी क्षेत्रको लगानी उत्पादनमुखी क्षेत्र र उद्योगमा जानुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औँ वार्षिक साधारणसभामा अर्थमन्त्री महतले उत्पादनका क्षेत्रमा लगानी केन्द्रित हुन नसके मुलुकको अर्थतन्त्रको अवस्था सुधार हुन नसक्ने बताउनुभएको हो ।

“निजी क्षेत्रले व्यापारमा मात्रै जान खोज्ने जुन परम्परा छ, अब लगानी उत्पादन क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ । लगानीको वातावरण सहज बनाउनका लागि सबै खालका प्रयास सरकारबाट हुन्छन् । उत्पादन बढाउनतर्फ हामी सबैले सोचौँ”, उहाँले भन्नुभयो ।

अहिले अर्थतन्त्रमा समस्या देखिनुमा कुनै एक पक्ष मात्र जिम्मेवार नभई सबैतिर समस्या रहेको उहाँले बताउनुभयो । “समस्या सबैतिर छ । निजी, राजनीतिक, प्रशासनिक क्षेत्र सबैतिर कमीकमजोरी छन् । यसलाई स्वीकार्न कुनै हिचकिचाहट गर्नुहुँदैन”, अर्थमन्त्री महतले भन्नुभयो, “चालु आर्थिक वर्षको नौ महिना बितिसक्यो, अहिले बल्ल ठेक्का प्रक्रिया अघि बढिरहेका छन् । हाम्रो प्रभावकारिता र पारदर्शिता बढ्न जरुरी छ ।”

अर्थतन्त्रमा परेको अहिलेको दबाब र अप्ठयारोलाई सरकारले गम्भीरताका साथ लिएको उहाँको दाबी छ । तर खराब सूचकहरुलाई मात्रै हेरेर निराश हुनुपर्ने अवस्था नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । “हामी समग्रमा एकदमै निराश हुनुपर्ने कारण छैन । बाह्य सञ्चिति राम्रो छ । विदेशमा गएका हाम्रा युवाहरुको योगदान र रेमिट्यान्सले गर्दा बाह्य क्षेत्र सहज अवस्थामा छ । औसत अङ्कको आर्थिक वृद्धि हासिल गर्नसक्ने अवस्थामा हामी छौँ”, अर्थमन्त्री महतले भन्नुभयो ।

विश्व बैंक, एसियाली विकास बैंकजस्ता निकायहरुले गरेको प्रक्षेपणमा नेपालले यस वर्ष चार दशमलव एक प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेकामा यसलाई सुखद मान्न सकिने उहाँको भनाइ छ । विश्वका अरू धेरै देशहरुले त्यो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नसक्ने अवस्था नरहँदा नेपालले चार प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर हासिल गर्नसक्ने अवस्था रहनु सकारात्मक रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय परिस्थिति सुध्रिँदा र युद्धको अवस्था नरहँदा नेपालले यसमा थप प्रगति गर्नसक्ने पनि अर्थमन्त्री महतले बताउनुभयो ।

सरकारले अल्प, मध्यम र दीर्घकालीन योजना बनाएर अर्थतन्त्र सुधारको प्रयास गरिरहेको पनि अर्थमन्त्री महतको दाबी छ । अल्पकालीन सुधारका रुपमा सरकारको सम्पूर्ण ध्यान चालुगत शीर्षकको अनावश्यक खर्च नियन्त्रण र पूँजीगत खर्च वृद्धितर्फ जाने उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, अनावश्यक खर्र्च निर्ममतापूर्वक कम गर्न सरकार लागिपरेको उहाँको भनाइ छ । चालु शीर्षकका तलब भत्ता, सामाजिक सुरक्षालगायतका अनिवार्य दायित्व सिर्जना भइसकेका क्षेत्रमा खर्च कटौती गर्न नसके पनि अरू शीर्षकमा मितव्ययिता कायम गर्ने उहाँले बताउनुभयो ।

अर्थतन्त्र चलायमान बनाउनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने र सरकारले यसमा सहजकर्ताको भूमिका मात्रै खेल्ने उहाँको भनाइ छ । “निजी क्षेत्र र आम नागरिक, उद्यमी, व्यवसायीको योगदानबाट अर्थतन्त्र चलायमान हुने हो । सरकारले सहजकर्ताको भूमिका निभाउने, कानुनी वातावरण बनाउने, प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने र वैदेशिक लगानीको वातावरण सहज बनाउने हो”, अर्थमन्त्री महतले भन्नुभयो, “कर्मचारीतन्त्रमा देखिएका ढिलासुस्ती, प्रक्रियागत झन्झटलगायतका समस्या समाधानका लागि सरकारले पहल गर्छ ।” विदेशमा रहेका गैरआवासीय नेपालीहरुबाट नेपालमा लगानी भित्र्याउन सक्ने पर्याप्त अवसर भएकाले यसका लागि सहजीकरण गरिने पनि अर्थमन्त्री महतले कार्यक्रममा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com