न्युयोर्क । अमेरिकाको केन्टकी राज्यमा एक जना बैंकका कर्मचारीले गोली हानेर पाँच जना सहकर्मीको हत्या गरेका छन्।
द न्युयोर्क टाइम्सका अनुसार, लुइभिल सहरको ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन्।
गोली लागेर बैंकका बरिष्ठ उपाध्यक्षको पनि मृत्यु भएको छ । घाइते भएका ८ जनामध्ये दुईको अवस्था गम्भीर छ।
गोली हान्ने कर्मचारी कोनर स्टर्जनको पनि मृत्यु भएको छ। उनले आफैंलाई गोली हानेका हुन् कि प्रहरीको गोली लागेर मारिएका हुन भन्ने खुलेको छैन।
२५ वर्षका स्टर्जन गत वर्षमात्र उक्त बैंकमा पूर्णकालीन कर्मचारी नियुक्त भएका थिए। त्यसअघि उनले बैंकमा इन्टर्नसिप गरेका थिए।
सहकर्मीमाथि उनले किन गोली हाने भन्ने कारण खुलिसकेको छैन। स्रोतलाई उद्धृत गर्दै सिएनएनले स्टर्जनलाई जागिरबाट निकालिएको सूचना दिएको उल्लेख गरेको छ।







प्रतिक्रिया दिनुहोस्