ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विष्णु प्रभातलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार


एबीसी / संवाददाता

काठमाडौँ, २८ चैत । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उनलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गरेका हुन् । पुरस्कारको राशी २५ हजार रहेको छ ।

समारोहमा केन्द्रको वार्षिक प्रकाशन ‘ज्ञानबिन्दु’समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा कोषका संस्थापक, एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष एवम कवि हरिहर अर्यालले विगतका वर्षमा पुरस्कृत व्यक्तित्वका बारेमा तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालले २०७९ सालमा पुरस्कृत प्रतिभा प्रभातको जीवनी, व्यक्तित्व र कृतिबारे प्रकाश पारेका थिए ।

ज्ञानबिन्दुबारे सम्पादकीय मन्तव्य केन्द्रका सदस्य तिलकप्रसाद लुइँटेलले राखेका थिए भने सभामा प्रा शिवहरि मरहठ्ठा, प्राडा सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र ईश्वरचन्द्र देवकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि उक्त पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्राडा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्राडा सुरेशराज शर्मा, प्राडा सुरेन्द्र केसी, पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसकेको केन्द्रले जनाएको छ । स्व दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र, समाजशास्त्रलगायत विषयका ज्ञाता थिए । दण्डपाणि र उनकी धर्मपत्नी नन्दकुमारीको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com