ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायात मजदुरलाई मासिक प्रशिक्षण


एबीसी न्यूज
चैत्र २६, २०७९ आईतबार   १ : ४२   बजे

काठमाडौं, २६ चैत । सङ्घीय राजधानीपूर्वका जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आइरहेको पूर्व अरनिको यातायात कम्पनी प्रालिले दुर्घटना न्यूनीकरण गर्न नियमितरूपमा यातायात मजदुरलाई प्रशिक्षण दिन सुरु गरेको छ ।

चालकहरूको लापरवाहीले दैनिकरूपमा सडक दुर्घटना हुन थालेपछि पूर्व अरनिको यातायात कम्पनीमाफर्त कार्यरत चालक, सहचालक तथा परिचरका लागि मासिकरूपमा अभिमुखीकरण तालिम सञ्चालन गरेको हो । यातायातले प्रत्येक महिनाको २३ गते मजदुरलाई ट्राफिक नियम, यात्रुसँग गरिने व्यवहार, यातायातसम्बन्धी नियम, कानुनलगायतका विषयमा प्रशिक्षण दिन सुरु गरेको पूर्व अरनिको यातायात कम्पनीका अध्यक्ष केदार खत्री क्षेत्रीले जानकारी दिनुभयो ।

प्रशिक्षणमा न्यूनतम एक सय बढी मजदुर तालिममा सहभागी हुने गरेको र अहिले दुर्घटनामा समेत कमी हुँदै गएको उहाँले बताउनुभयो । यातायात क्षेत्रका विज्ञ, ट्राफिक प्रहरी, नेपाल प्रहरी, सरकारी वकिललगायतका यातायतसँग सरोकारवाला विज्ञहरू ल्याएर मजदुरलाई प्रशिक्षण दिने गरिइएको छ । अध्यक्ष क्षेत्री आफैँले यातायात मजदुरलाई यात्रुसँग कसरी राम्रो व्यवहार गर्ने र दुर्घटना न्यूनीकरण कसरी कमी गर्ने भनेर प्रशिक्षण दिँदै आउनुभएको छ ।

पूर्व अरनिको यातायात सञ्चालन हुने जिल्लामा छुट्ने बसहरूको ‘काउन्टर’मा प्रत्येक दिन बिहान पुगेर बसका चालक, सहचालकसँग भेटघाट गरेर यात्रुप्रति जिम्मेवार भएर प्रस्तुत हुन सबैलाई आग्रह गर्दै काउन्टरमा जाने गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

“हामी अब कोर्ष नै बनाएर मजदुरलाई प्रशिक्षण दिने योजनामा छौँ”, उहाँले भन्नुभयो, “कोर्ष निर्माण गरेर सिकायौँ भने सबै मजदुरका लागि राम्रो हुन्छ ।” राजधानीपूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत १६ बढी जिल्लामा अरनिकोले विगत ५० वर्षदेखि नियमित यातायात सञ्चालन गर्दै आइरहेको छ ।

अहिले अन्य जिल्लामा समेत यातायात सञ्चालनका लागि दैनिकरूपमा त्यस क्षेत्रका जनप्रतिनिधिले आग्रह गर्दै पत्र आउने गरेको र आफूहरू अन्य जिल्लामा समेत यातायात सेवा विस्तारका लागि सकारात्मक रहेको पूर्व अरनिको यातायात प्रालिका सचिव प्रभुराम थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group